शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापानमा भएको कम्पनीले विदेशमा भएका आफ्ना कर्मचारी, पार्टनर वा घरमालिकलाई तलव, भत्ता, भाडा वा अन्य शुल्क बापत पठाउने रकममा लाग्ने करको प्रावधान र यसको ब्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

१. जापानमा रहेको कम्पनीले बिदेशमा आफ्नो कार्यालय खोली आफ्ना कर्मचारीहरुका लागि तलब वा अन्य खर्च पठाउनुपर्ने हुन्छ । हिजोआज इन्टरनेटको जमानामा जापान बाहिरबाट पनि काम गराउन सकिने भएकोले मान्छे जापानमा नभए पनि जो कोही कसैले जापानी कम्पनीमा काम गर्न संभब भएको छ । यस्तो अवस्थामा विदेशमा भएका कर्मचारी वा साझेदारलाई तलब वा शुल्क बापत रकम पठाउँदा जापानमा भएको कम्पनीले भुक्तानी गर्नु अघि कर काटेर पठाउनुपर्छ । यो जापान सरकारले करप्रणालीमा ब्यवस्था गरेको नियम हो ।

जापान बाहिर बसेर जापानमा भएको कम्पनीमा कार्यरत कर्मचारी भन्नाले निजको जापानमा ठेगाना दर्ता नभएको ब्यक्तिलाई जनाउँछ । यस्तो अवस्थामा खर्च पठाउँदा ती कर्मचारी वा पार्टनर जापानमा नबस्ने भएकोले जापानको नियम अनुसार करको दायरमा नआउने संभावना बढि हुने हुँदा भुक्तानी पठाउनुपूर्व कर काटी पठाउनु परेको हो । त्यसरी कट्टा गरिएको कर रकम जापानमा रहेको कम्पनीले कर कार्यालयमा बुझाउनुपर्दछ । यस्तो अवस्थामा तलब भत्ता र अन्य शुल्कको हकमा २० दशमलव ४२ प्रतिशत कर लाग्दछ ।

२. यसैगरी जापानमा रेस्टुरेन्ट, पसल वा अफिस प्रयोजनका लागि घर, शटर वा कोठा भाडामा लिने बेलामा त्यसको घरबेटी बिदेशी वा बिदेशी कम्पनी भएमा भाडा तिर्दा भाडामा कर काटेर बाँकी रकम घरबेटी वा सम्बन्धित कम्पनीलाई पठाउनुपर्दछ । कट्टा गरिएको कर भाडा तिर्ने व्यक्ति वा कम्पनीले कर कार्यालयमा बुझाउनुपर्दछ । जापानमा दर्ता नरहेको बिदेशी कम्पनीको नाममा भएको घर भाडामा लिएको अवस्थामा पनि भाडा तिर्ने बेलामा जापानको नियम अनुसार लाग्ने भाडाको २० दशमलव ४२ प्रतिशत कर रकम कट्टा गरी भाडा तिर्नुपर्दछ । घरभाडामा लिने बेलामा सामान्यतया रियल-स्टेट (फुदोउसान) कम्पनीहरुले घरमालिकको बारेमा पूर्व जानकारी दिने गर्दछन् । ब्यवसायिक प्रयोजन बाहेक अन्य अवस्था (रेसिडेन्स) मा भने उक्त कर लाग्ने छैन ।

माथि उल्लिखित पहिलो र दोस्रो अवस्थामा २० दशमलव ४२ प्रतिशत कर बापत कटौती गरिसकेपछि उक्त रकम अर्को महिनाको १० तारिखसम्म बैंक वा कर कार्यालयमा बुझाउनुपर्दछ । तथापि, पहिलो अवस्थाको सन्दर्भमा भने कर कार्यालयलाई पूर्वजानकारी गराएमा ६ महिनाको एकैपटक कर भुक्तानी गर्न पनि सकिन्छ । त्यसको लागि गरिने प्रक्रियालाई ‘गेन्सेन स्योतोकुजेइनो नोउकिनो तोकुरेइनो स्योउनिन सिन्सेइस्यो (げんせんしょとくぜいののうきのとくれいのしょうにんしんせいしょ)भनिन्छ । यो आवेदन गरिएमा ६ महिनाको एकैपटक भुक्तानी गर्न सकिन्छ ।

यदि जापान र सरोकारवला अर्को मुलुक बीच विशेष कर सम्बन्धि नियममा अनुबन्धित भएको छ र त्यसको पुष्टि गर्ने कागजात देखाउन सकियो भने कर सस्तो हुने वा हटाउन सकिने प्रावधान छ । कम्पनीको विदेशमा भएका कर्मचारी, विदेशी मालिक वा विदेशी कम्पनीहरूले विशेष कर नियमहरूको प्रमाणपत्र देखाएमा र कर कार्यालयमा प्रक्रिया गरेमा भने तलब, अन्य शुल्क र भाडा बापत पठाउने रकममा लाग्ने कर मिनाहा पनि हुन सक्ने प्रावधान छ ।

जापानको कर कानून अनुसार नतिरी नहुने अवस्थाका यस्तो कर लामो समयसम्म तिर्नुभएको छैन भने करको रकम बढ्दै जाने, हर्जाना थपिदैं जाने र कुनै पनि समयमा कर कार्यालयको छड्केमा पर्न सकिने संभावना रहन्छ र यस्तो स्थितिमा जरिवानामा पनि पर्न सकिने संभावना रहन्छ ।

विदेशमा भएका कर्मचारी, बिदेशी पार्टनर, बिदेशी घरबेटी वा बिदेशी कम्पनीलाई तलब, भाडा, अन्य शुल्क लगायतका शीर्षकमा पठाउनुपर्ने खर्च र त्यसबापत लाग्ने करका सम्बन्धमा थप जानकारी आवश्यक परेमा आधिकारिक लेखा परीक्षक (जेइरिशी) संग परामर्श गर्न सक्नुहुने छ । ***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

तपाईको प्रतिक्रिया