बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको कर प्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी पति वा पत्नी ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसामा परिवर्तन गर्दा अपनाईने प्रक्रियाका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

‘स्पाउज’ भिसा भन्नाले जापानी नागरिकको स्पाउज वा पर्मानेन्ट रेसिडेन्टको स्पाउज भिसा भएको व्यक्तिलाई जनाउँदछ । यो पारिवारिक (खाजोकु ताइजाई) भिसा भने होइन । ‘स्पाउज’ भिसामा रहेको व्यक्तिको पति वा पत्नीको मृत्यु भएमा वा सम्बन्ध विच्छेद भएमा स्पाउज भिसामा जापानमा बस्न नमिल्ने हुँदा अर्को भिसा परिवर्तन गर्नुपर्ने हुन्छ । यसपटक हामी ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा इमिग्रेशनद्वारा स्वीकृत र अस्वीकृत भएका प्रतिनिधिमुलक अवस्थाका बारेमा चर्चा गर्न गईरहेका छौं । तेइज्यु भिसा भनेको विशेष अवस्थाका कारण जापानमा रहनका लागि न्याय मन्त्रालयद्वारा स्वीकृत प्राप्त भिसा हो । यो बिषयसंग सम्बन्धित विभिन्न केसहरू छन्, तथापि यसपटक हामी पति वा पत्नीको मृत्यु वा सम्बन्ध विच्छेद भएमा इमिग्रेशनमा आवेदन दिन सकिने अवस्थाका बारेमा केन्द्रित रहेर जानकारी गराउने प्रयास गरेका छौं ।

जापानी नागरिकको पति वा पत्नी वा पर्मानेन्ट रेसिडेन्टको पति वा पत्नीबाट तेइज्यु भिसामा परिवर्तन गर्नका लागि देहायका चार मापदण्ड पूरा भएको हुनुपर्दछ ।
१. विवाह गरेको करीब ३ वर्ष वा सोभन्दा बढी भएको हुनुपर्ने र बिबाहसंग सम्बन्धित कागजातहरुको छानबिन गरी सबै ठीकदुरुस्त अवस्थाको हुनुपर्ने ।
२. अबको बाँकी जीवन यापनका लागि रोजगारी, आर्थिक हैसियत, घर, मानसिक तथा शारिरीक अवस्था ठीकदुरुस्त हुनुपर्ने ।
३. अब उप्रान्तका दिनहरुमा पनि जापानमा बस्न सक्ने, जीवन निर्वाह गर्न सक्ने विश्वासिलो आधार इमिग्रेशनलाई पेश गर्न सक्नुपर्ने ।
४. जापानमा दैनिक जीबनमा आवश्यक पर्ने आधारभुत जापानी भाषाको ज्ञान भएको हुनुपर्ने । तथापि कुनै भाषा परीक्षा भने उत्तीर्ण गर्नुपर्ने प्रावधान भने छैन ।
५. जापान सरकारद्वारा निर्दिष्ट गरिएका सबै करहरु र सामाजिक बीमाको भुक्तानी नियम अनुसार तिरेको हुनुपर्ने ।
यसबाहेक यदि जापानी नागरिक पति वा पत्नी बीच बच्चा छ र जापानमै हुर्काउन चाहनुहुन्छ भने, उक्त बच्चाको अभिभावकत्व ग्रहण गर्ने आधिकारिकता भएको हुनुपर्ने । साथै अहिलेसम्म उक्त बच्चा आफैले नै पालनपोषण गर्दै आईरहेको तथ्य प्रमाणित गर्नुपर्ने ।

यसैसंग सम्बन्धित इमिग्रेशनद्वारा स्वीकृत र अस्वीकृत केही प्रतिनिधिमुलक घटनाहरु यसप्रकार छन् ।
क. स्वीकृत घटनाहरुः
१. आवेदक महिला जापान आएको ६ वर्ष भएको, श्रीमान जापानी भएको र बिहे भएको ६ वर्ष ६ महिना पछि सम्बन्धविच्छेद भएको । यी जापानी नागरिक श्रीमानसंग एउटा बच्चा भएको । आवेदकसंग बच्चामाथि अभिभावकीय अधिकार भएको र नर्सिङ हेरचाह सहायकको रूपमा कार्यरत र आय भएको ।
२. आवेदक, महिला – जापान आएको ८ वर्ष ८ महिना भएको । श्रीमान स्थायी बासिन्दा एइजुस्या भई विवाह भएको ६ वर्ष भएको र अहिले सम्बन्ध विच्छेदका लागि तयारी गरिरहेको । यी श्रीमानसँग एउटा बच्चा भएको । श्रीमानबाट हुने गरेको हिंसाबाट बच्न आवेदक तीन वर्ष भन्दा बढी समयदेखि छुट्टै बस्दै आएकी ।
३. आवेदक, पुरुष – जापान आएको ८ वर्ष ३ महिना भएको । श्रीमती जापानी भई ७ वर्ष ९ महिनाको बैबाहिक सम्बन्धपछि सम्बन्धविच्छेद भएको ।
यी श्रीमतीसँग एक बच्चा भएको । आवेदकको कम्पनीमा काम भएकोले आम्दानी भएको । साथै, श्रीमतीले हुर्काउने बच्चाको जीवनयापनका लागि मासिक ३० हजार येन तिर्नुपर्ने भएको ।

ख. अस्वीकृत घटनाहरु
१. आवेदक, महिला – जापान आएको ४ वर्ष १ महिना भएको । श्रीमान् जापानी भएको र विवाहको ३ वर्ष १० महिनापछि उनको निधन भएको । यी श्रीमानबाट कुनै बच्चा नभएको । निवेदक विवाहको अवधिमा १ वर्ष ६ महिनासम्म जापानमा नबसेको र जापानमा बस्दा पनि श्रीमानसंग अलग्गै बस्ने र यौन ब्यवसायसंग सम्बन्धित कम्पनीमा काम गरेको । जापानी पति-पत्नीले उक्त प्रकृतिको काम गरे पनि केहि फरक नपर्ने तर यो घटनामा पतिसंगै नबसेर अलग्गै बसेर काम गरेको भन्ने बिषय समस्याका रुपमा देखिएको ।
* देहब्यापार (फुजोकु) संग सम्बन्धित ब्यवसाय भन्नाले जापानमा क्याबाकुरा, होस्ट क्लब, पाचिङ्को, शपल्याण्ड, लभ होटल आदिलाई जनाउँदछ ।
२. आवेदक, पुरुष – जापान आएको ४ वर्ष १० महिना भएको । श्रीमती जापानी भएको र विवाह गरेको तीन वर्षपछि सम्बन्धविच्छेद भएको । यी श्रीमानसँग एउटा बच्चा भएको । निवेदकलाई प्रहरीले हिंसा गरेको आरोपमा पक्राउ गरेको र बच्चाको संरक्षक अधिकार पत्नीलाई भएको ।
३. आवेदक, महिला – जापान आएको ३ वर्ष ३ महिना भएको । श्रीमान् जापानी भएको र विवाहको दुई वर्ष एक महिनापछि सम्बन्धविच्छेद भएको । यी श्रीमानबाट कुनै बच्चा नभएको । आवेदकले आफ्नो पति हिंसात्मक भएकोले भिसा परिवर्तन गरी मद्दत गर्नका लागि आवेदन दिएको । श्रीमान संगै बसेको १ वर्ष ३ महिना मात्र भई त्यसपछि जापानी भाषा पढ्नका लागि भनि छुट्टै बसेको भन्ने बताएता पनि उनीहरू वास्तवमा यौन ब्यवसायसंग सम्बन्धित पसलमा काम गर्ने गरेको पत्ता लागेको । कुनै पनि समयमा इमिग्रेशनलाई आफ्नो विवरण दिनुपरेमा गलत विवरण दिनु हुँदैन, वास्तविकता जे हो त्यहि दिनुपर्दछ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

तपाईको प्रतिक्रिया