Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारीमुलक स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी विदेशीहरूले जापानी राष्ट्रियता ग्रहण गर्ने प्रक्रिया ‘किखा’ बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
प्राकृतिककरण भनेको कुनै देशको राष्ट्रियता नभएको व्यक्ति वा अरु विदेशी नागरिकलाई जापानको राष्ट्रियता प्रदान गर्ने प्रणाली हो । जापानमा प्राकृतिककरणका लागि अनुमति दिने न्याय मन्त्रीको अधिकार हो । न्याय मन्त्रीले प्राकृतिककरण गर्न अनुमति दिएमा आधिकारिक राजपत्रमा घोषणा गरिनुपर्दछ ।
क. जापानमा प्राकृतिकीकरणका लागि आवेदन गर्न निम्नलिखित आधारभुत मापदण्ड तोकिएको छ ।
१. बसाइ अवधिः प्राकृतिकीकरणका लागि आवेदन दिँदासम्म कम्तिमा पाँचवर्षसम्म जापानमा बसेको हुनुपर्दछ । ठेगाना कानूनी रुपमा हुनुपर्दछ त्यसैले निवासको स्थिति बैधानिक हुनुपर्दछ ।
२. उमेर हदः निवेदक १८ वर्ष वा सो भन्दा माथि उमेर भएको हुनुपर्दछ र आफ्नो देशको कानून अनुसार पनि वयस्क उमेर भएको हुनुपर्दछ ।
३. आचरणः असल आचरण भएको हुनुपर्छ । आपराधिक रेकर्ड भए-नभएको, कर तिरे-नतिरेको स्थिति, समाजमा अरुलाई दुख दिए-नदिएको अवस्था आदिलाई ध्यानमा राखेर व्यक्तिको आचरण राम्रो छ वा छैन भन्ने निर्धारण गरिन्छ ।
४. जीवनयापनः जापानमा जीवनयापनका लागि समस्या नपर्ने अवस्थाको हुनुपर्दछ । यो मापदण्ड एकै परिवारमा जीवनयापन गर्ने आफन्तहरूको आधारमा निर्णय गरिन्छ । त्यसैले आवेदकको आम्दानी नभए पनि अन्य नातेदारको सम्पत्ति वा सीपले उनीहरूलाई स्थिर जीवन बिताउन अनुमति दिएमा यो मापदण्ड पूरा भएको मानिने छ ।
५. दोहोरो नागारिकता सम्बन्धमाः जापानी नगारिक हुन चाहनेहरू या त राज्यविहीन हुनुपर्दछ वा सैद्धान्तिक रूपमा प्राकृतिककरणको माध्यमबाट आफ्नो अघिल्लो राष्ट्रियता त्याग्नुपर्ने हुन्छ । अपवादमा व्यक्तिको इच्छामा आफ्नो देशको राष्ट्रियता गुमाउन नसक्ने अवस्थामा यो मापदण्ड पूरा नभए पनि जापानी नागरिक हुन सकिन्छ ।
६. संवैधानिक प्रावधानः हिंसात्मक गतिविधिमा आबद्ध भएका, जापान सरकार विरुद्ध षड्यन्त्र या वकालत गर्ने ब्यक्ति वा संघसंस्थामा संलग्नता रहेका ब्यक्तिहरुले प्राकृतिककरणको अनुमति पाउन योग्य हुँदैनन् ।
७. जापानसंग विशेष सम्बन्ध भएका विदेशीहरू जस्तै जापानमा जन्मेका, जापानी नागरिकका पति/पत्नी, जापानी नागरिकका सन्तान, पूर्व जापानी नागरिक, आदिका लागि प्राकृतिककरण प्रक्रिया सहज हुन्छ । थप दैनिक जीवनमा समस्या नपर्ने गरी पर्याप्त जापानी भाषाको ज्ञान जस्तै ब्यवहारिक वार्तालाप, पढाई र लेखाईमा जानकार हुन आवश्यक छ ।
ख. प्राकृतिककरण अनुमतिका लागि आवेदन गर्ने तरिकाः
१. पन्ध्रवर्ष भन्दा कम उमेरको बच्चाको हकमा कानूनी प्रतिनिधिकारुपमा अभिभावक आफै गई लिखितरूपमा आवेदन दिनुपर्दछ । त्यसबेला प्राकृतिककरणका लागि आवश्यक मापदण्ड पूरा भएको प्रमाणित गर्ने कागजात संलग्न गर्नुपर्ने र प्राकृतिककरणको अनुमति प्राप्त भएमा पारिवारिक विवरण दर्ता गराउनुपर्ने हुन्छ । त्यसैले आवेदकको पहिचान गर्ने कागजातहरू पनि पेश गर्नुपर्दछ ।
२. आवेदन गर्ने निकायः आफु बस्ने स्थानबाट नजिकको कानूनी मामिला ब्यूरो (होउमुक्योकु) वा जिल्ला कानूनी मामिला ब्यूरो ।

ग. प्राकृतिककरण एप्लाई गर्दा आवश्यक पर्ने मुख्य कागजातहरू यसप्रकार छन् ।
१. फोटोसहितको निवेदन
२. परिवारका अन्य सदस्यहरुको विवरण भएको कागजात
३. प्राकृतिककरणका लागि प्रेरणा पत्र
४. रिरेकिस्यो (ब्यक्तिको बिस्तृत विवरण)
५. जीविकोपार्जनका लागि समस्या नहुने बिश्वास दिलाउने ब्यहोराको कागजात
६. व्यवसायको विवरण उल्लिखित कागजात
७. पारिवारिक विवरण प्रमाणपत्र (ज्युमिनहृयोउ)
८. राष्ट्रियता प्रमाणित गर्ने कागजात
९. नाता प्रमाणित गर्ने कागजात
१०. कर भुक्तानी गरेको प्रमाणित गर्ने कागजात
११. आय प्रमाणित गर्ने कागजात
सामान्य नियमको रूपमा राष्ट्रियता प्रमाणित गर्ने र व्यक्तिगत स्थिति प्रमाणित गर्ने कागजातहरू आफ्नो राष्ट्रको अधिकारीहरूले जारी गरेको प्रमाण पेश गर्नुपर्दछ । यसबाहेक आवेदकको राष्ट्रियता, उसको स्थिति र पेशाको आधारमा आवश्यक पर्ने कागजातहरु केहि भिन्न भिन्न पनि हुन सक्छन् । त्यसैले आवेदन गर्दा होमक्योउकुमा गई परामर्श गर्दा राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (७०) एइज्युकेन एप्लाईका लागि आवश्यक योग्यता
हेलो सेन्सेइ- (६९) एइज्युकेन एप्लाई गर्दा ………..
हेलो सेन्सेइ – (६८) एइज्युकेन एप्लाई गर्दा आवश्यक कागजातहरु ….
हेलो सेन्सेइ – (६७) जापानको श्रम बिमा (रोदो होउकेन) किन र के का लागि ?
हेलो सेन्सेइ : (६६) जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

 

तपाईको प्रतिक्रिया