Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमा स्थायी आवासीय अनुमति लिने प्रक्रिया अर्थात  एइज्युकेन आवेदन गर्दा गर्नुपर्ने आधारभुत तैयारी र इमिग्रेशनमा पेश गर्नुपर्ने महत्वपूर्ण कागजातका बारेमा जानकारी गराउने प्रयास गरिएको छ । एइज्यु आवेदन गर्दा इमिग्रेशनमा बुझाउनुपर्ने कागजातहरु अति महत्वपूर्ण हुने भएकोले सावधानीपूर्वक तैयारी गरेर मात्र पेश गर्नुपर्दछ ।

आवेदक कामसंग सम्बन्धित जस्तै इञ्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय सेवा विशेषज्ञ, दक्ष श्रमिक (कुक) आदी वा परिवारिक डिपेन्डेन्ट भिसा भएमा,
१. स्थायी बसोबास एइज्युका लागि आवेदन १ प्रति
२. फोटो (लम्बाइ ४ सेमी र चौडाइ ३ सेमी) १ प्रति
निर्दिष्ट मापदण्ड अनुसारको फोटो तयार गर्नुपर्ने र आवेदन फारममा संलग्न गर्नुपर्ने ।
क. यदि निर्दिष्ट मापदण्ड पूरा नभएको फोटो भएमा पुनः मापदण्ड पुगेको फोटो बुझाउनुपर्ने हुन्छ । १६ वर्ष मुनिकाले फोटो पेश गर्नु नपर्ने ।

३. कारण पत्र (रियुस्यो) १ प्रति
क. स्थायी बसोबासका लागि एइज्युको अनुमति किन आवश्यक भन्ने बारेमा कारण खुलाईनुपर्ने ।
ख. जापानी बाहेक अन्य भाषामा लेखिएको भएमा अनुवादित प्रति संलग्न गर्नुपर्ने ।

४. परिचय तथा नाता सम्बन्ध प्रमाणित गर्ने निम्न कागजातहरू (आवेदक पारिवारिक भिसा बाहक भएमा)
क. परिवारिक दर्ता प्रमाणपत्र (सबै कुरा उल्लेख गरेको प्रमाणपत्र) १ प्रति
ख. जन्मदर्ता प्रमाणपत्र १ प्रति
ग. विवाहदर्ता प्रमाणपत्र १ प्रति
घ. पहिचानको सूचनामा उल्लेख गरिएका प्रमाणपत्र १ प्रति

५. आवेदक सहित परिवारका सबै सदस्यहरू घरपरिवारको ज्युमिनहृयोउ
क. माइ नम्बर हटाएर बाँकी विवरण उल्लेख गरिनुपर्ने ।

६. आवेदक वा आवेदकको घरमुलीको पेशा-ब्यवसाय प्रमाणित गर्ने निम्न कागजातहरूः
क. जाइस्योकुस्योउमेइस्यो प्रमाणपत्र १ प्रति
ख. यदि स्वरोजगार भएमा, अन्तिमपटक कर रिटर्न फारामको प्रतिलिपि १ र व्यवसाय इजाजतपत्रको प्रतिलिपि १ प्रति
(यदि स्वरोजगार हो भने आफ्नो पेशा खुल्ने प्रमाणित कागजात)
ग. पेशा व्यवसाय बारेको बिबरण स्वतन्त्र ढाँचामा पनि लेख्न सकिने, आवेदक र पति/पत्नी दुबै बेरोजगार भए पनि स्पष्ट लेख्नुपर्ने ।

७. आवेदक र आवेदककलाई आश्रतिमा राखेको व्यक्तिको बिगत ५ वर्षको आय र कर भुक्तानीको स्थिति प्रमाणित गर्ने कागजातहरू
क. पुनर्निर्माणको आयकर र विशेष आयकर, पुनर्निर्माणका लागि स्वमूल्याङ्कन गरिएको आयकर र विशेष आयकर, उपभोग कर र स्थानीय उपभोग कर, विरासत कर, उपहार कर भुक्तानीको प्रमाणपत्र
(अन्य ३)  यस सम्बन्धमा १ जुलाई २०१९ देखि आवेदनको बेलामा बुझाउनुपर्ने प्रावधान रहेको छ । अग्रिम बुझ्नुपर्ने कुरो के छ भने ३० जुन २०१९ सम्म आवेदन दिएकाहरूलाई पनि चेक जाँच प्रक्रियाका क्रममा यी कागजातहरू बुझाउनका लागि आग्रह गरिन सक्दछ ।

८. आवास कर तिरेको प्रमाणित कागजातहरूः
क. पछिल्लो ५ वर्ष अवधिका निवास करको बार्षिक आय प्रमाणपत्र (बार्षिक कुल आय र कर भुक्तानीको स्थिति खुलेको हरेक बर्षको प्रतिलिपि)
ख. आफु बसेको सिटी कार्यालयद्वारा जारी गरिएको वार्षिक कुल आम्दानी र कर भुक्तानीको स्थिति उल्लेख गरिएको आय र कर भुक्तानी प्रमाण दुवैमा उल्लेख गरेको भएमा २ मध्ये कुनै १ मात्र बुझाएमा हुने ।
ग. आफु बसेको सिटी कार्यालयद्वारा पाँच वर्षको प्रमाणपत्र जारी नहुने अवस्थामा सबैभन्दा लामो अवधिको प्रमाणपत्र पेश गर्नुपर्ने ।
घ. यदि माथिको प्रमाणपत्र हालै जापान प्रवेश गरेको वा बसाई सरेको कारण आफु बसेको सिटी कार्यालयद्वारा जारी नहुने अवस्था भएमा नजिकको क्षेत्रीय इमिग्रेशनमा सम्पर्क गर्नुपर्दछ ।
ङ. पछिल्लो ५ वर्ष अवधिका उपयुक्त समयमा आफ्नो निवास कर तिरेको प्रमाणित गर्ने कागजातहरू (पासबुकको प्रतिलिपि, रसिद आदि) । यदि विगत पाँच वर्षको अवधिमा आवास कर विशेष रूपमा संकलन गरिएको छैन तलबबाट काटिएको छैन भने सो अवधिको पासबुकको प्रतिलिपि, रसिद आदि बुझाउनुपर्ने हुन्छ । तर विगत पाँच वर्ष अवधिमा आवास करको विशेष संकलन तलबबाट काटिएको छ भने माथि ‘क’ बुँदामा उल्लिखित कागजातहरू मात्र पेश गर्दा पनि हुन्छ । यस सन्दर्भमा अनलाइन पासबुकको स्क्रिन प्रिन्टलाई पनि मान्यता दिइने छ ।

९. राष्ट्रिय कर भुक्तानी प्रमाणित गर्ने कागजातहरूः पुनर्निर्माणको आयकर र विशेष आयकर, पुनर्निर्माणको लागि स्वमूल्याङ्कन गरिएको आयकर र विशेष आयकर, उपभोग कर र स्थानीय उपभोग कर, विरासत कर, उपहार कर भुक्तानीको प्रमाणपत्र (अन्य ३)
क. आफु बस्ने स्थानको कर कार्यालयले जारी गरेको हुनुपर्ने । (कार्यालयको स्थान र अनुरोध कसरी गर्ने जस्ता विवरणहरूका लागि राष्ट्रिय कर कार्यालय वेभसाइट हेर्न सकिने छ)
ख. कर भुक्तानीको प्रमाणपत्र (अन्य ३) ले प्रमाणपत्र प्राप्त मितिसम्ममा कुनै पनि कर तिर्न बाँकी छैन भनेर प्रमाणित गर्नुपर्ने हुन्छ ।
ग. माथि उल्लिखित पाँचवटा सबै कर भुक्तानीका प्रमाणपत्रहरू पेश गर्नुपर्दछ ।

१०. अन्य : निम्न मध्ये कुनै एक आयस्रोत खुल्ने कागजात
क. बैंक ब्यालेन्स, बैंक पासबुकको प्रतिलिपी
ख. उपरोक्त ‘क’ अनुसार उपयुक्त हुने
ग. अनलाइन पासबुकको स्क्रिन प्रिन्ट तथापी प्रशोधन गर्न नसकिने अवस्थामा प्रिन्ट मात्र स्वीकार्य हुने तर एक्सेल फाइल भने स्वीकार्य नहुने ।

११. आवेदकलाई आश्रित गर्ने व्यक्तिको पेन्सन र सार्वजनिक कोकुमिन होउकेन प्रिमियम भुक्तानी स्थितिलाई प्रमाणित गर्ने कागजातहरू
क. सार्वजनिक पेन्सन प्रिमियम भुक्तानी प्रमाणित गर्ने कागजात र सार्वजनिक कोकुमिन होकेन प्रिमियमको भुक्तानी प्रमाणित गर्ने कागजात १ जुलाई २०१९ देखि आवेदनको समयमा पेश गर्नुपर्दछ । ३० जुन २०१९ सम्म आवेदन गरेकाहरूले पनि स्क्रीनिङ प्रक्रियाको समयमा बुझाउन अनुरोध गरिन सक्ने भएकोले बुझाउनुपर्ने हुनसक्छ ।
ख. पेन्सन र सार्वजनिक कोकुमिन होउकेन प्रीमियमको भुक्तानी प्रणाली अनुसार विगत दुई वर्ष यो प्रक्रियामा सामेल भएको हुनुपर्ने र यो अनुसार २ वर्षको कागजात पेश गर्नुपर्दछ । यदि यो बाहेक अन्य धेरै सार्वजनिक पेन्सन प्रणाली र सार्वजनिक चिकित्सा बिमा प्रणालीहरूमा सामेल हुनुहुन्छ भने ती संग सम्बन्धित कागजातहरू पनि बुझाउनुपर्दछ ।
ग. आधारभूत पेन्सन नम्बर, कोकुमिन होउकेन नम्बर र बिमा गरिएको व्यक्तिको प्रतिक नम्बर समावेश भएको कागजात प्रतिलिपि सहित पेश गर्दा यी नम्बरहरू ब्ल्याक आउट गरी बुझाउनुपर्दछ । आधारभूत पेन्सन नम्बर, बिमाकर्ता नम्बर पेश गर्नु अघि बिमित व्यक्तिको संकेत नम्बर कुनै पनि देख्न नसकिने गरी बुझाउनुपर्दछ ।

१२. विगत दुई वर्ष अवधिको सार्वजनिक पेन्सन बीमा प्रिमियमको भुक्तानी प्रमाणित गर्ने कागजातहरू
क. आधारभूत पेन्सन नम्बर समावेश भएका कागजातहरूका लागि आधारभूत पेन्सन नम्बरलाई पुनः हेर्न नसकिने गरी पेश गर्नुपर्ने हुन्छ । उदाहरणका लागि पेश गर्नुअघि नम्बर ब्ल्याक आउट गरेको सुनिश्चित गरी बुझाउनुपर्दछ ।
ख. यदि राष्ट्रिय पेन्सन बाहेक कल्याणकारी पेन्सन, आदि पेन्सनमा सामेल हुनुभएको भए ‘क’ वा ‘ग’ मध्य कुनै एक पेश गर्नुपर्दछ ।
ग. यदि पछिल्लो दुई वर्षमा राष्ट्रिय पेन्सन योजनामा सामेल भएको भए कृपया ‘क’ वा ‘ख’ को कागजात बाहेक ‘ग’ मा उल्लिखित कागजात पनि पेश गर्नुपर्दछ ।
घ. यदि पछिल्लो दुई वर्ष अवधिमा राष्ट्रिय पेन्सनमा सामेल हुनुभएको भए ‘ग’ संग सम्बिन्धत कागजात पनि बुझाउनुपर्दछ । यदि पछिल्लो दुई वर्ष ‘ग’ संग सम्बन्धित कागजात पेश गर्न गाह्रो भएमा त्यसको ठोस कारण खुलाउनुपर्दछ ।
ङ. नेन्किन तेकिबिनः पूरा अवधिका लागि पेन्सन रेकर्ड जानकारी बुझाउनुपर्दछ।जापान पेन्सन सेवा (३५, ४५ वा ५९ वर्षको जन्म महिना) बाट पठाएको पत्रमा नियमित नेन्किन तेकिबिन प्राप्त गर्नेहरूले संलग्न कागजातहरू राम्रोसंग पढि पेन्सन नियमित डेलिभरी फ्रेममामा सूचीबद्ध भएको सबै कागजातहरू पेश गर्नुपर्दछ । यो पोष्टकार्डको ढाँचामा प्रत्येक वर्ष नियमित पठाईन्छ तर यसलाई पेश गर्न मिल्दैन । किनभने यसबाट सम्पूर्ण अवधि पुष्टि हुँदैन । तलको जापान पेन्सन सेवालाई सम्पर्क गरेर नेन्किन तेकिबिन जारी गर्न आवेदन गर्न सकिन्छ । यो जारी गर्नका लागि आवेदन दिँदा सम्पूर्ण अवधिका लागि (सील गरिएको पत्र) प्राप्त गर्न चाहेको ब्यहोरा जानकारी गराई अनुरोध गर्नुपर्दछ । यो आवेदन दिएको मितिले जारी हुन करिव २ महिना लाग्न सक्छ ।
यसका लागि सम्पर्क फोन नम्बरः नेन्किन तेकिबिन/नेन्किन नेटका लागि : ०५७०-०५८-५५५
(नाभी डायल) ०५० बाट सुरु हुने नम्बरबाट सर्म्पर्क गर्दा ०३-६७००-११४४

१३. नेन्किन नेटको ’मासिक पेन्सन रेकर्डको प्रिन्ट स्क्रिन:
क. नेन्किन नेट जापानी भाषामा मात्र हुने हुँदा विदेशी भाषाहरूमा यो सुविधा उपलब्ध छैन । जापान पेन्सन सेवा वेभसाइटबाट नेन्किन नेटका लागि दर्ता गर्न सकिन्छ, त्यसका लागि तलको लिंक प्रयोग गर्न सकिन्छ । यो दर्ता प्रक्रिया सम्पन्न हुन कार्यालय खुल्ने दिन ५ लाग्न सक्छ ।
www.nenkin.go.jp/n_net/index.html
ख. आवेदनको समयमा विगत दुई वर्षमा राष्ट्रिय पेन्सन बीमा गरिएको व्यक्ति भएमा ’मासिक पेन्सन रेकर्ड’ मा राष्ट्रिय पेन्सन रेकर्डको प्रत्येक महिनाको भुक्तानी स्थिति प्रिन्ट गरी पेश गर्नुपर्ने हुन्छ ।
ग. राष्ट्रिय पेन्सन प्रिमियम रसिद (प्रतिलिपी): पछिल्लो दुई वर्षदेखि राष्ट्रिय पेन्सनमा सामेल हुनुभएको भए त्यस अवधिका लागि सबै रसिदहरूको प्रतिलिपी पेश गर्नुपर्दछ । यदि पेश गर्न गाह्रो भएमा त्यसको ठोस कारण पेश गर्नुपर्दछ ।
ग. यदि पछिल्लो दुई वर्ष अवधिमा राष्ट्रिय पेन्सनमा सामेल हुनुभएको छ भने त्यस अवधिको राष्ट्रिय पेन्सन बीमा प्रिमियमको रसिदको प्रतिलिपि पेश गर्न सकिन्छ । यस्तो अवस्थामा माथिका ’क’ र ’ख’ महलमा उल्लिखित कागजात पेश गर्नुपर्दैन ।

१४. विगत दुई वर्ष अवधिको कोकुमिन केन्कोउ होकेन प्रिमियम भुक्तानी गरेको प्रमाणित कागजातहरू
क. बीमाकर्ता नम्बर र बीमित व्यक्तिको संकेत नम्बर समावेश भएको कागजातको प्रतिलिपी पेश गर्दा यी नम्बरहरूको भागलाई ब्ल्याक आउट गर्नुपर्दछ ।
ख. स्वास्थ्य बिमा कार्डको प्रतिलिपीः यदि हाल स्वास्थ्य बिमामा सामेल हुनुभएको भए बुझाउनुपर्ने हुन्छ । विगत दुई वर्षको अवधिमा कोकुमिन केन्कोउ होकेनद्वारा कभर गरिएको व्यक्तिहरुले ’ख’ देखि ’घ’ सम्मका कागजात बुझाउनुपर्दैन ।
ग. कोकुमिन केन्कोउ होकेन कार्डको प्रतिलिपिः
यदि हाल राष्ट्रिय स्वास्थ्य बीमामा सामेल हुनुभएको छ भने बुझाउनुपर्दछ ।
घ. कोकुमिन केन्कोउ होकेन प्रिमियम भुक्तानी प्रमाणपत्रः यदि विगत दुई वर्षदेखि राष्ट्रिय स्वास्थ्य बिमामा सामेल हुनुभएको छ भने उक्त अवधिका पेश गर्नुपर्ने हुन्छ ।
ङ. कोकुमिन केन्कोउ होकेनको प्रिमियम रसिदको प्रतिलिपीः यदि विगत दुई वर्षदेखि कोकुमिन केन्कोउ होकेनमा सामेल हुनुभएको छ भने त्यस अवधिका सबै रसिदका प्रतिलिपहरू बुझाउनुपर्दछ । यदि पेश गर्न समस्या छ भने त्यसको ठोस कारण पेश गर्नुपर्दछ ।

यदि आवेदक आवेदनको समयमा स्याखाई होकेन कभर हुने व्यवसायको मालिक भएमा माथिको पेन्सन बिमा प्रिमियमको भुक्तानी प्रमाणित गर्ने कागजात र केन्कोउ होकेन प्रिमियमको भुक्तानी प्रमाणित गर्ने कागजात पेश गर्नुपर्दछ । यसका अतिरिक्त यदि बिगत २ वर्षको अवधिमा व्यक्तिगत ब्यवसायी हुनुभएको स्थिति हो भने कोकुमिन पेन्सन र कोकुमिन केन्कोउ होकेनको प्रिमियमसंग सम्बन्धित देहायका कागजात मध्य ’क’ वा ’ख’ मात्र पेश गरे हुन्छ । (बाँकी अर्को शृङ्खलामा)

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (६७) जापानको श्रम बिमा (रोदो होउकेन) किन र के का लागि ?
हेलो सेन्सेइ : (६६) जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

तपाईको प्रतिक्रिया