बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापानमा बच्चा जन्मिएपछि स्याहारसुसार गर्न पाईने बिदाको सुबिधा र सो अवधिको सरकारबाट प्राप्त हुने राहत सुबिधाको बारेमा जानकारी गराउने प्रयास गरिएको छ । यस्तो खालको बिदालाई शिशु हेरचाह बिदा (Ikuji Kyūgyō) भनिन्छ ।
१. बच्चा जन्मेको एक वर्षसम्म आफ्नो इच्छा अनुसार कामबाट बिदा लिन सकिन्छ । यदि पूरै वर्ष बिदा नलिई बीचमा काम गर्न चाहेमा विदाको अवधिलाई वर्षदिन भित्रमा दुई पटक गरी विभाजन गर्न सकिन्छ ।
२. बच्चाका बाबुले पनि आफ्ना बच्चालाई हुर्काउन कामबाट बिदा लिन सकिने सुबिधा छ ।
३. आंशिक (पार्ट टाइमर वा आरुबाइतो) कामदारहरूले पनि कामबाट बिदा लिन सक्छन्, तर कम्पनीमा काम सुरु भएको एक वर्षभित्र शिशु हेरचाहका लागि कामबाट बिदा लिन निषेध गरिएको नियमहरु पनि हुन सक्छ, त्यसैले बिदा लिन मिल्ने नमिल्ने कम्पनीमा बुझदा राम्रो हुन्छ । यदि बिदा लिनु परेमा कम्तिमा पनि एक महिना अगावै कम्पनीलाई जानकारी गराउनुपर्दछ ।

शिशु हेरचाहका लागि बिदा लिंदा कम्पनीबाट तलब नआए पनि सरकारबाट यो सबिधा लिन सकिन्छ । यसलाई ‘शिशु हेरचाह बिदा लाभ’ भनिन्छ । यो प्रक्रियाका लागि आधारभुत मापदण्ड पूरा गरेको हुनुपर्छ, ति यसप्रकार छन् ।
क. यो सुविधा प्राप्त गर्नका लागि काम गरेको कम्पनीमार्फत रोजगार बीमामा छिरेको हुनुपर्दछ ।
ख. बिदा लिनु अघिको दुई वर्षमा १२ महिना वा सोभन्दा बढी ११ दिन वा सोभन्दा बढी दिन काम गरेको हुनुपर्दछ ।
ग. कम्पनीबाट बिदा लिएको अवधिमा पनि काम गर्न पनि पाईन्छ तर प्रतिमहिना १० दिन भन्दा बढी काम गर्न मिल्दैन ।
घ. बिदाको अवधिमा काम गरेबापत कम्पनीबाट प्राप्त हुने नियमित समयको भन्दा मासिक तलबको ८० प्रतिशत भन्दा कम हुनुपर्छ ।

यस्तो लाभ बिदा सुरु भएदेखि ६ महिना सम्म मासिक तलब रकमको ६७ प्रतिशत र ६ महिनापछि मासिक तलव रकमको ५० प्रतिशत प्राप्त गर्न सकिन्छ ।
उदाहरणका लागि मासिक तलव ३० मान येन छ भने शिशु हेरचाह बिदा लिएको अवस्थामा सरकारबाट मासिक लाभ करीव २० मान येनसम्म प्राप्त गर्न सक्दछन् । यो लाभ बिदा लिएको ६ महिनासम्मको हिसाब हुन्छ । यसमा कुनै कर लाग्दैन । सिटी अफिसलाई तिर्नुपर्ने आवासीय कर (ज्युमिन्जेइ) पनि लाग्दैन । यो सुविधा प्राप्त गरे पनि सिटी कार्यालयको बार्षिक आय रेकर्डमा समावेश गर्नुपर्दैन । तसर्थ, लाभ प्राप्त गरेको वर्षमा सिटी कार्यालयको रेकर्डमा सामान्य अवस्थाको भन्दा कम हुन्छ ।

साथै शिशु हेरचाह बिदा लिदा कम्पनीको स्वास्थ्य बीमा, पेन्सन, र रोजगार बीमाको प्रीमियम तिर्नुपर्दैन । नतिरेपनि स्वास्थ्य बीमा कार्ड साबिकै अनुसार प्रयोग गर्न सकिन्छ र पेन्सनको प्रक्रिया पनि निरन्तर जारी रहन्छ । यो अवधिमा पेन्सन बापत तिर्नुपर्ने रकम नतिरे पनि तिरेसरहको सुबिधा प्राप्त गर्न सकिन्छ ।

यसैगरी बच्चा १ वर्षको हुँदा नर्सरी जान नसकेको स्थितिमा १ वर्ष ६ महिनासम्म र त्यो समयमा पनि छिर्न नसकेमा २ बर्षसम्म काममा बिदा लिन र लाभ लिन पाईने सुबिधा छ । यस प्रक्रिया गर्न नर्सरीमा भर्ना हुन नसकेको जानकारी सिटी कार्यालयलाई दिनुपर्दछ । यदि सिटी कार्यालयले मान्यता नदिएको नर्सरीमा भर्ना हुन नसकेको भएमा त्यसलाई मान्यता दिईने छैन । यो सुबिधा लिनका लागि कम्पनीले रोजगारी बीमा गरेको हुनुपर्दछ ।
बच्चा जन्मिएको ८ हप्तासम्म आमाले शिशु हेरचाह बिदाको लाभ लिन मिल्दैन । सुत्केरी भएको आठ हप्तासम्म आमाले काम गर्ने कम्पनीमार्फत स्याखाई होउकेन गरेको भएमा सरकारबाट सुत्केरी भत्ता पाउन सक्छन् । कम्पनीका प्रमुख भने रोजगारी बीमामा छिर्न नपाउने हुँदा शिशु हेरचाह बिदा र सो बापतका लाभहरू प्राप्त गर्न पाउँदैनन् ।

लाभ प्राप्त गर्ने प्रक्रियाका लागि कम्पनीले निम्न कागजातहरू हेलोवर्क कार्यालयमा पेश गर्नुपर्दछ । पेश गर्ने अन्तिम मिति शिशु हेरचाह बिदा सुरु भएको चार चौथो महिनाको मसान्तसम्म रहन्छ । हेलोवर्कमा पेश गर्नुपर्ने कागजातहरु यसप्रकार छन् ।
क. आवेदन फारम
ख. मासिक तलबको प्रमाणपत्र
ग. चिन्गिनदाइच्योउ, कर्मचारीहरुको सूची, हाजिरी रेकर्ड वा टाइम कार्ड आदि
घ. मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको (बोउसी तेइच्योउ) प्रतिलिपि

आवेदन पश्चात हेल्लोवर्कले पेश गरिएका कागजजातहरु चेकजाँच गरी ठीकदुरुस्त भएमा नियमअनुसार पाउने लाभको रकम बैंक खातामा हाल्ने प्रावधान छ । त्यसपछि पनि कम्पनीले दुई महिनामा एक पटक हेलोवर्कमा गएर माग गरिएअनुसारका कागजातहरु बुझाउनुपर्ने हुन्छ । सन् २०२२ को अक्टोबरदेखि पिताको लागि पनि शिशु हेरचाह बिदाका सम्बन्धमा विशेष नियमहरू बनेका छन् । बच्चा जन्मेको ८ हप्ता भित्र बच्चा हुर्काउनका लागि कुल ४ हप्ता कामबाट बिदा लिन सकिन्छ । जम्मा ४ हप्ताको बिदालाई २ पटकमा विभाजन गर्न सकिन्छ । यस्तो बेलामा कम्तिमा दुई हप्ता अघि कम्पनीलाई सूचित गर्नुपर्छ ।
सुरुमा उल्लेख गरिएको सामान्य शिशु हेरचाह बिदाका नियमहरुसंग संयोजन गरी बिदा लिन सकिन्छ । तसर्थ, बच्चाको पिताले दुई भागमा शिशु हेरचाह बिदा लिन सक्दछन् र त्यसपछि नियमित शिशु हेरचाह बिदा दुई भागमा लिन सकिन्छ । यसरी जम्मा ४ किस्तामा कामबाट बिदा लिन सकिन्छ । यो बिदा लिँदा पनि पिताका लागि शिशु हेरचाह बिदा लाभहरूको प्रक्रियाहरू गर्नुपर्छ । यो प्रक्रियाको बिधि पनि सामान्य शिशु हेरचाह बिदाका प्रक्रिया जस्तै लगभग समान छन् ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

तपाईको प्रतिक्रिया