आइतबार, जेठ १३, २०८१
Sunday, May 26, 2024

टोकियो – गुरुङ समाज जापानको यहि मे १२ तारिख आइतबारका दिन टोकियोमा प्रथम अधिवेशन हुने भएको छ ।

उक्त अधिवेशनको सबै तयारी पूरा भएको अधिवेशन समारोह मुल आयोजक समितिका सचिव मोती गुरुङले जानकारी दिएका छन् ।

टोकियो शिनओकुबो स्थित सोलमारीको नेपाली मुराहलमा हुन लागेको प्रथम अधिवेशनले समाजको नयाँ नेतृत्व सहित कार्यकारी समिति र भावी कार्यक्रम तथा योजना बारे स्पष्ट मार्गचित्र तय गर्ने बताईएको छ ।
‘भाषा, धर्म, भेषभुषा, कला, सँस्कार र सँस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संबर्द्धनमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको समाजको प्रथम अधिवेशनमा उत्साहजजनक सहभागिताका लागि जापानबासी नेपालीहरुमा अपिल गरिएको छ । अधिवेशन उक्त दिनको बिहान ११ बजेबाट हुने बताईएको छ ।***

तपाईको प्रतिक्रिया