Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पदच्यूत भएसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारी गरेका हुन् । उनले आजै सर्वोच्च अदालतमा अन्तरिम आदेशको मागसहित रिट दायर गर्ने बताइएको छ ।

मुख्यमन्त्री काठमाडौं पुगेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण साहले जानकारी दिए। मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति साढे १० बजे नयाँ सरकार गठन आह्वान गरेका थिए।

खापुङले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५ः ०० बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गरेका हुन्।

तपाईको प्रतिक्रिया