शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापानको श्रमकानूनअनुसार ब्यवस्था गरिएको प्रावधान बमोजिम रेस्टुरेन्ट वा ग्रसरी (हलाल फुड) पसलमा काम गर्ने कर्मचारीहरुको हकमा लागू हुने दैनिक काम गर्ने समय, बिश्राम गर्ने समय र साप्ताहिक बिदाका सम्बन्धमा जानकारी गराउने जमर्को गरिएको छ ।

पछिल्लो समयमा जापान इमिग्रेशनले भिसा आवेदकहरुलाई अतिरिक्त कागजातहरु माग्ने गरेको पाईएको छ । माग हुने गरिएको थप कागजातहरुमा जस्तै कर्मचारी टाइम कार्ड (Shukkin-bo),  सिफ्ट तालिका (Shifuto Hyō), रोजगार सम्झौता पत्र (Koyō Keiyakusho) लगायतका छन् । यसपटक हामी तत्सम्बन्धमा प्रष्ट पार्ने प्रयास गरिएको छ । यदि कर्मचारीको काम गर्ने समयका सम्बन्धमा श्रमकानून पालना मेल खाए-नखाएको अवस्था हेरि इमिग्रेशनले भिसा आवेदन स्वीकार-अस्वीकार गर्न सक्ने हुँदा तत्सम्बन्धमा सावधान रहनुपर्दछ ।

१. दैनिक तथा साप्ताहिकरुपमा काम गर्ने समयः सामान्यतया, काम गर्ने समय दिनको ८ घण्टा भन्दा बढी र हप्ताको ४० घण्टा भन्दा बढी हुनुहुँदैन । तर, प्रत्येक रेष्टुरेन्ट र ग्रसरी (हलाल फुड) पसलमा काम गर्ने कर्मचारीको संख्या १० जना भन्दा कम भएमा हप्तामा ४४ घण्टासम्म काम गर्न सकिन्छ । पार्टटाइम कामदार सहित कर्मचारी संख्या हिसाब गरिएको हुन्छ । कर्मचारी संख्या हिसाब गर्दा पसल अनुसार निर्णय गरिने हुन्छ । १८ वर्ष मुनिका कर्मचारीहरूलाई हप्ताको ४४ घण्टा काम गर्न अनुमति नहुने हुँदा उनीहरूले हप्ताको ४० घण्टा सम्म मात्र काम गर्न पाउने हुन्छन् । यदि कर्मचारीहरुलाई यो कामको समय भन्दा बढि काम लगाउनुपर्ने भएमा ओभरटाइम कामको सूचना श्रम ब्यूरोलाई जानकारी गराउनुपर्दछ । यो सूचनालाई साबुरोकु क्योतेइ (Saburo Kukyōte) सम्झौता भनिन्छ । यो संगै कर्मचारीहरूलाई ओभरटाइम काममा लगाउँदा उनीहरूको ज्यालाको २५ प्रतिशत वा सोभन्दा बढी ओभरटाइमको तलब भुक्तानी गर्नुपर्छ ।
२. दैनिक ब्रेक समय र साप्ताहिक बिदाः विश्रामको समय (ब्रेक टाइम) का पनि आ_नै नियमहरू छन् । यदि दिनमा ६ घण्टा भन्दा बढी काम भएमा ४५ मिनेट ब्रेक समय दिनुपर्छ भने यदि दिनमा ८ घण्टा भन्दा बढी काम छ भने १ घण्टाको ब्रेक दिनुपर्ने हुन्छ । यसैगरी बिदाको बारेमा पनि आफ्नै नियमहरू छन् । हप्तामा न्युनतम एक दिन बिदा दिनुपर्ने हुन्छ अर्थात चार हप्तामा कम्तिमा चार दिन बिदाको ब्यवस्था हुनुपर्छ ।

३. १८ वर्षमुनिका कर्मचारीहरूका सम्बन्धमाः १५ वर्षको भएपछिको मार्च ३१ तारिखसम्म काम गर्न पाईदैन । १५ वर्ष भएपछि अप्रिल १ देखि १८ वर्षसम्म राति १० बजे सम्म काम गर्न पाईन्छ । यद्यपि ओभरटाइम कामका लागि भने निषेध गरिएको छ र काम गर्ने समय प्रति हप्ता ४० घण्टा भन्दा बढी हुनुहुँदैन । विदेशीहरूको हकमा पारिवारिक भिसा वा विद्यार्थी भिसा भएकाहरूले आंशिक (पार्ट टाइम) काम गर्न जापान इमिग्रेशनबाट अनुमति प्राप्त गर्नुपर्दछ । माद्यामिक तहका विद्यार्थीहरूका लागि स्कुलबाट अनुमति भए नभएको पुष्टि गर्नुपर्दछ ।

कामको प्रकृति अनुसार प्रति हप्ता ४४ घण्टा काम गर्न पाउने नपाउने कानूनद्वारा तोकिएको छ । यसपटक हामी विशेषगरी रेस्टुरेन्ट र ग्रसरी पसलहरूको बारेमा जानकारी गराउने प्रयास गरिएको छ । कर्मचारीहरूसँग रोजगारी सम्झौता गर्दा वा कर्मचारी सिफ्ट तालिका बनाउदा काम गर्ने समय सम्बन्धी कानूनहरूको पालना गरी प्रक्रिया गर्दा कानूनी झमेलाबाट छुट हुने हुँदा साबधानी अपनाउनु उपयुक्त हुने हुन्छ । ***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

 

 

तपाईको प्रतिक्रिया