Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानमा बच्चा जन्मिनुभन्दा अगाडि र जन्मेपछि ध्यान दिनुपर्ने र गर्नुपर्ने विभिन्न प्रक्रियाहरुको बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।
१. बौसी तेच्यो : अस्पताल वा क्लिनिकबाट गर्भवती भएको यकिन भएपछि अस्पतालको निर्देशनअनुसार सिटी कार्यालयमा जानुपर्छ । त्यसपछि सिटी कार्यालयले बौसी तेच्यो उपलब्ध गराउँदछ । बौसी तेच्यो भनेको स्वयम गर्भवती महिला र गर्भमा रहेको शिशुको क्रमशः बिकसित हुँदै जाने स्वास्थ्यको अवस्था बारे टिपोट लेखिने पासबुक हो । विदेशीहरुका लागि यो अंग्रेजीमा लेखिएको पनि उपलब्ध हुन्छ । सिटी कार्यालय अनुसार गर्भवती महिलालाई अस्पताल वा क्लिनिकमा प्रयोग हुने टिकट पाउने सुबिधा पनि हुन्छ ।

२. सुत्केरी हुनुभन्दा अगाडिको कामको बिदाको प्रक्रिया : जापानको श्रम कानून अनुसार गर्भवती महिला सुत्केरी भएको मिति भन्दा ६ हप्ता अघिदेखि ८ हप्ता पछिसम्म कामबाट बिदा लिन पाउँछन् । आंशिक वा अस्थायी कर्मचारीको हकमा पनि यो लागू हुन्छ । गर्भवती अवस्थामा पनि चाहेमा काम गर्न पाईन्छ तर सुत्केरी भएपछि भने ६ हप्ता अनिवार्य काममा बिदा बस्नुपर्ने हुन्छ ।

३. सुत्केरी भत्ता :
गर्भवती महिला कार्यरत कम्पनीमा स्याखाई होउकेनमा छिरेको छ भने सुत्केरी हुनका लागि बिदा बसेको अवस्थाको तलब पाएको छैन भने सुत्केरी हुनु अघि ४२ दिनबाट सुत्केरी भएको ५६ दिन पछिसम्मको सुत्केरी भत्ता तलबको ६७ प्रतिशतले प्राप्त गर्न सकिन्छ । यो प्रक्रिया सुत्केरी भएपछि गर्नुपर्ने हुन्छ र यो प्रक्रिया गर्न चाहने व्यक्तिले कम्पनीमा जानकारी गराउनुपर्दछ ।

४. अस्पतालमा भर्ना हुँदा ’लागू हुने सीमाको प्रमाणपत्र’ को प्रक्रिया :
यदि लक्षित समयभन्दा अगावै बच्चा जन्मन लागेको जस्ता कारणले अस्पताल भर्ना गरिएको अवस्थामा अस्पतालको खर्च बढी लाग्न पनि सक्छ । त्यस्तो अवस्थामा, ’सीमा आवेदन प्रमाणपत्र’ げんどがくてきようにんていしょう)प्रक्रिया पूरा गरेमा अस्पतालको खर्च सस्तो पर्न जान्छ । उक्त अवस्थाका कारण अस्पतालमा खर्च बढि लाग्न सक्ने देखिएमा यो प्रक्रिया गर्नुपर्दछ ।

५. कम्पनीको स्याखाई होउकेन छिरेकाहरुका लागि स्वास्थ्य बीमा कार्डमा लेखिएको स्वास्थ्य बीमा कार्यालयमा गई यस्तो प्रक्रिया गर्नुपर्दछ ।
क. राष्ट्रिय स्वास्थ्य बीमा हुनेहरुको हकमा सिटी कार्यालयमा प्रक्रियाको आवेदन बुझाउनुपर्दछ ।
ख. अस्पतालमा भर्ना हुने बित्तिकै यो प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।
ग. स्मरण रहोस् राष्ट्रिय स्वास्थ्य बीमा छ तर त्यस बापत तिर्नुपर्ने रकम भुक्तानी भएको छैन भने यो प्रक्रिया गर्न नपाउने पनि हुन सक्छ ।
घ. यो प्रक्रिया अगाडि बढाउन ढिलो भयो वा यो प्रक्रिया पूरा हुन सकेन भने, अस्पताल भर्ना शुल्क तिरेपछि सरकारले उपचार खर्च फिर्ता गर्ने प्रावधान पनि छ । यसलाई ’उच्च चिकित्सा खर्च’(こうがくりょうようひ)भनिन्छ । यसबारे हामी अर्को अंकमा जानकारी गराउने छौं ।
ङ. बच्चा जन्माउदा लाग्ने खर्चको भुक्तानी : बच्चा जन्माउँदा, सरकारले प्रत्येक बच्चाका लागि ४ लाख २० हजार येन सुत्केरी खर्चको रुपमा अनुदान दिन्छ । उक्त रकम अस्पताल वा क्लिनिकमा बच्चा जन्माउँदा लागेको खर्च कटाएर बाँकी रहेको रकम फिर्ता गरिन्छ ।
६. जन्मदर्ता प्रमाण पत्र : बच्चा जन्माएपछि जन्मेको १४ दिनभित्र बच्चाको नाम सिटी कार्यालयमा दर्ता गराउनुपर्दछ । यसलाई ’जन्म दर्ता प्रमाणपत्र’(しゅっせいとどけ)भनिन्छ ।

७. जाइर्‍यु कार्ड (भिसा) प्राप्त गर्ने प्रक्रिया : बच्चा जन्मेको ३० दिन भित्र अध्यागमनमा भिसाको लागि आवेदन दिनुपर्छ । यसका लागि आवेदन फाराम, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र सिटी कार्यालयको ज्युमिनहृयो पेश गर्नुपर्ने हुन्छ । तोकिएको समयभित्रै अध्यागमनमा आवेदन दिन नबिर्सनुहोला ।

८. शिशु भत्ताका लागि प्रक्रिया : बालबालिका भएका घरका लागि प्रत्येक महिना राज्यले ५ हजारदेखि १५ हजार येनसम्म उपलब्ध गराउँदछ । बच्चा जन्मेको २ हप्ता भित्र सिटी कार्यालयमा गई ’शिशु भत्ता’ प्रक्रिया पूरा गर्नुपर्दछ । यो प्रक्रिया गरिएन भने यो भत्ता प्राप्त गर्न सकिदैन ।

९. स्वास्थ्य बीमा कार्ड : बच्चाको पनि स्वास्थ्य बिमा कार्ड चाहिने हुँदा कम्पनीबाट स्याखाई होकेन भएको व्यक्तिले कम्पनीमा ज्युमिनहृयो बुझाउनुपर्दछ । राष्ट्रिय स्वास्थ्य बीमा भएको व्यक्तिले सिटी अफिसमा प्रक्रिया गर्नुपर्दछ । स्वास्थ्य बीमा कार्ड प्रक्रिया गरेमा अस्पताल अथवा क्लिनिकमा तिर्नुपर्ने रकम ३० प्रतिशत मात्र तिरे हुने वा तिर्नै नपर्ने पनि हुनसक्छ ।

१०. शिशु हुर्काउन बिदा : जापानको श्रम कानून अनुसार बच्चा हुर्काउन बच्चा एक वर्ष हुँदासम्म बिदा लिन पाईन्छ । आमा मात्र नभई बाबुले पनि बिदा लिन मिल्छ । होइकुयन नभेटेको अवस्थामा बच्चा दुईवर्ष हुँदासम्म बिदा लिन मिल्छ । यदि तपाई बालबच्चा हेरचाह गर्नका लागि बिदा लिन चाहनुहुन्छ भने एक महिना अगाडि नै कम्पनीलाई जानकारी गराउनुपर्दछ ।

११. शिशु हेरचाह बिदाका लाभहरू : यदि तपाई आफ्नो कम्पनीमा रोजगार बीमा छिर्नुभएको छ भने शिशु हेरचाह बिदामा बस्नुहुँदा आफ्नो तलबको लगभग ६७ प्रतिशत ’शिशु हेरचाह बिदा लाभ’ को रूपमा प्राप्त गर्न सक्नुहुने छ र ६ महिना पछि ५० प्रतिशत प्राप्त गर्न सक्नुहुन्छ । यो प्रक्रिया कम्पनीद्वारा गर्नुपर्ने भएकोले कम्पनीलाई जानकारी गराउनुपर्दछ । माथि उल्लेख गरिएअनुसार यहाँ विभिन्न प्रक्रियाहरू छन्, त्यसैले सावधानीपूर्वक कृपया प्रक्रिया अगाडि बढाउनुहोला ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-4972

 

 

 

तपाईको प्रतिक्रिया