Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज तोलामा आठ सय रुपैंयाले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ।

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ। बुधबार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकोमा चाँदी आजका लागि रु एक हजार छ सय ८५ निर्धारण भएको छ।

 

तपाईको प्रतिक्रिया