Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

日本の労働保険
टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यस पटक हामी जापानको ‘श्रम बिमा’ (Rōdo Houken) अन्तर्गत औद्योगिक दुर्घटना बिमा (Rōsai Houken) र रोजगार बिमा (Koyō Houken) को बारेमा जानाकारी गराउने प्रयास गरिएको छ ।
कम्पनी प्रमुखहरुले आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको श्रम बिमाका प्रक्रियाहरू पूरा गरेको भए वार्षिक श्रम बिमाको हिसाब गरी प्रत्येक वर्षको जुलाई १० सम्ममा श्रम बिमाको नवीकरण प्रक्रिया गर्नुपर्दछ । श्रम बिमा भन्नाले यस अन्तर्गतका अन्य दुई प्रकारका बिमाहरुलाई जनाउँदछ । यी बिमाहरु जापान सरकारद्वारा व्यवस्थापन गरिएको बिमा प्रणाली भन्ने बुझ्नुपर्दछ ।

जसअन्तर्गत पहिलो रोसाइ होउकेन भनेको औद्योगिक दुर्घटना बिमा हो । काम गर्ने क्रममा दुर्घटना भई घाउ वा चोटपटक लागेमा जापान सरकारद्वारा क्षतीपूर्तिको सुबिधा उपलब्ध हुने बिमा हो यो । काम गर्ने क्रममा दुर्घटनामा परी घाइते वा काम गर्ने क्रममा बिरामी भई अस्पताल वा क्लिनिकमा उपचार गर्नुपरेमा उपचारबापत भएको खर्च उक्त बिमाबाट कभर गर्न सकिन्छ । काममा जाँदा वा आउँदा दुर्घटनामा परी चोटपटक लागेमा पनि उक्त बिमा भएमा क्षतिपूर्ति सुबिधा लिन सकिन्छ ।

जापानको श्रमकानून अनुसार कुनै पनि कम्पनीमा यदि कर्मचारी एकजना मात्र भए पनि औद्योगिक दुर्घटना बिमामा छिर्नुपर्ने हुन्छ । पूर्णकालिन कर्मचारीहरू नरहेको तर आंशिक कर्मचारीहरू मात्र भए पनि औद्योगिक दुर्घटना बिमाका लागि आवेदन गर्नुपर्छ । श्रम बिमाका लागि यसको सम्बन्धित निकाय श्रममानक निरीक्षण कार्यालय (Rōdōkijunkandokusho) मा गई आवेदन गर्नुपर्दछ ।

कम्पनीले कर्मचारीको तलबको ० दशमलव ३ प्रतिशतले हुन आउने रकम औद्योगिक दुर्घटना बिमा बापत वार्षिकरुपमा प्रीमियम शुल्क सरकारलाई बुझाउनुपर्दछ । यो कर्मचारीको तलबबाट नभई कम्पनीले तिर्नुपर्ने रकम हो । यो बिमा कर्मचारीहरूका लागि मात्र भएकोले कम्पनी प्रमुख यो बिमामा छिर्न मिल्दैन ।

दोस्रो भनेको कोयो होउकेन (रोजगार बिमा) हो । कर्मचारीहरुले काम छोडेको अवस्थामा अथवा बच्चा हुर्काउनका लागि बिदा बस्दा र परिवारमा कसैलाई हेरचाह गर्न बिदा बस्दा उक्त बिमा बापत नियम अनुसार पाईने राज्यले दिने सुबिधा हो । जापानी श्रम कानून अनुसार यदि हप्तामा २० घण्टा भन्दा बढी काम गर्ने र एक महिना भन्दा बढी काम गर्ने योजना छ भने त्यस्तो कम्पनीले कर्मचारीहरुको रोजगार बिमाको प्रवन्ध गरिदिनुपर्दछ । कम्पनीले रोसाइ होउकेनको प्रक्रिया सकिएपछि हेलो वर्कमा गई कोयो होउकेनका लागि प्रक्रिया अगाडि बढाउनुपर्दछ ।

कोयो होउकेनको प्रीमियम शुल्क यसै वर्षको अप्रिलदेखि बढेको छ । हरेक कर्मचारीको मासिक तलबबाट ० दशमलव ६ प्रतिशत कट्टा गरी कम्पनीले तिर्ने रकमको ० दशमलव ९५ प्रतिशत जोडी मासिक १ दशमलव ५५ प्रतिशतका दरले हुन आउने रकम सरकारलाई बुझाउनुपर्दछ ।

उदाहरणका लागि लागि मासिक २० मान येन तलब पाउने कर्मचारीको हकमा तलबको ० दशमलव ६ प्रतिशतले हुन आउने रकम १ हजार २ सय येन निजको तलबबाट कट्टा गर्ने र त्यसमा कम्पनीले थप्ने रकम ० दशमलव ९५ प्रतिशतले हुन आउने रकम १ हजार ९ सय येन जोडी अर्थात २० मान येनको १ दशमलव ५५ प्रतिशत रकमले हुन आउने रकम ३ हजार १ सय येन रोजगार बीमाका लागि तिर्नुपर्ने हिसाब हुन आउँछ । यसोहुँदा १ जना कर्मचारी बराबर मासिक ३ हजार १ सय येनका दरले १२ महिनामा हुन आउने रकम ३७ हजार २ सय येन सरकारलाई कोयो होउकेनका लागि कम्पनीले तिर्नुपर्दछ । यो हरेक वर्षको जुलाई १० तारिख सम्ममा एक वर्षको एकमुस्ट तिर्नुपर्ने रकम हो ।

केहि वर्ष यता कोयो होउकेनको प्रीमियम शुल्कको बृद्धिदर र प्रतिशताङ्कको अवस्था हेर्दा अप्रिल २०२२ देखि सेप्टेम्बर २०२२ सम्म कर्मचारीको तलबबाट ० दशमलव ३ प्रतिशत र कम्पनीले तलबको ० दशमलव ६५ प्रतिशत गरी कुल तलबको ० दशमलव ९५ प्रतिशत रहेको थियो भने अक्टोबर २०२२ देखि मार्च २०२३ सम्म कर्मचारीको तलबबाट ० दशमलव ५ प्रतिशत र कम्पनीले ० दशमलव ८५ प्रतिशत गरी जम्मा १ दशमलव ३५ प्रतिशत रहेको थियो । यसै वर्षको अप्रिलदेखि भने यो दर बढेर कर्मचारीको तलबबाट ० दशमलव ६ प्रतिशत र कम्पनीले निजको तलबको ० दशमलव ९५ प्रतिशत गरी १ दशमलव ५५ प्रतिशत भएको छ ।
श्रम बिमामा नवीकरण प्रक्रियाः यो बिमा बिमित कम्पनी वा एकल स्वामित्वका ब्यवसायिक फर्मले वार्षिक श्रम बिमा हिसाब गरी प्रत्येक वर्षको जुलाई १० सम्ममा श्रम बिमा नवीकरण गर्नुपर्दछ ।

श्रम बिमाको प्रीमियम हिसाबः गत वर्षको अप्रिलदेखि यस वर्षको मार्चसम्ममा आफ्नो कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको तलब र यातायात खर्चको हिसाब जम्मा गरी हुन आउने कुल रकमको ० दशमलव ३ प्रतिशतको दरले औद्योगिक दुर्घटना बिमाको हिसाब गर्नुपर्दछ । यसबाहेक छुट्टै रोजगार बिमा प्रक्रिया पूरा गरेका कर्मचारीहरूको तलब र यातायात खर्चको कुल रकमको हिसाब गर्नुपर्दछ । त्यो तलब र यातायात खर्च गरी हुन आउने कुल रकमको १ दशमलव ३५ प्रतिशत वा (० दशमलव ९५ प्रतिशत) ले हुन आउने रकम रोजगार बिमाको हिसाब हुन आउँछ । यसरी हुन आउने हिसाबको कुल रकम रोसाई होउकेन (औद्योगिक दुर्घटना बिमा) र कोयो होउकेन (रोजगार बिमा) बापत कम्पनीहरुले हरेक वर्ष तोकिएको मितिभित्रै सरकारलाई बुझाउनुपर्दछ ।

यस वर्षको अप्रिलदेखि अर्को वर्षको मार्चसम्मको रोसाइ होउकेन र कोयो होउकेनको रकम पनि यसै वर्षको जुलाई १० तारिखसम्ममा अग्रिम बुझाउनुपर्ने प्रावधान रहेको छ । आउँदो वर्षको मार्चसम्ममा कर्मचारीहरुमा हुन सक्ने संभावित फेरबदलका कारण अग्रिम तलब हिसाब थाहा नहुने भएकोले गएको वर्षको अप्रिलदेखि यस वर्षको मार्चसम्मको हिसाबलाई नै आधार मानी तोकिएको समयसीमाभित्रै बुझाउनुपर्ने प्रावधान राखिएको छ । अर्को वर्ष नवीकरण गर्दा यस वर्षजुलाई १० मा भुक्तानी गरेको हिसाबलाई समायोजन गर्नुपर्ने हुन्छ ।

रोदो होउकेन (श्रम बिमा) को रकम आफै हिसाब गरी बैंक वा हुलाकबाट पनि तिर्न सकिन्छ । यदि आफैले हिसाब गर्न नसकिने अवस्थामा भने सामाजिक बिमा विशेषज्ञ वा श्रम ब्यूरो-श्रम मानक निरीक्षण कार्यालयमा सम्पर्क राखी प्रक्रिया अगाडि बढाउन सकिन्छ । जापानको श्रम बिमा (日本の労働保険) मा बीमित कम्पनीहरुले हरेक वर्ष नविकरण गर्नुपर्दछ ।

रोजगार बिमा र इमिग्रेशनको सम्बन्धः  हेलो वर्कमा दर्ज भएका कर्मचारीहरूको रोजगार बिमा सम्बन्धी जानकारी इमिग्रेशनमा पठाईएको हुन्छ, त्यसैले कम्पनीमा सामेल भएको मिति र छोडेको मिति जस्ता महत्वपूर्ण जानकारी सही तरिकाले अभिलेख राख्नुपर्दछ । साथै अध्यागमन कार्यालयमा तलव सम्बन्धि विवरण (चिन्गिनदाईच्योउ) पेश गर्दा पनि कर्मचारीको रोजगार बिमा प्रक्रिया गरेको छ भने कर्मचारीको तलबमा रोजगार बिमाको रकम पनि लेखिएको हुनुपर्छ । यस मामिलामा उच्च सावधानी अपनाईनु राम्रो हुन्छ ।

 

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ : (६६) जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

तपाईको प्रतिक्रिया