Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारीमुलक स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापानमा स्थायी आवासीय अनुमति लिने प्रक्रिया अर्थात एइज्युकेन आवेदन गर्दा ध्यान दिनुपर्ने बिषयमा जापान इमिग्रेशनद्वारा निर्दिष्ट प्रावधान र तोकिएका मापदण्डका सम्बन्धमा थप प्रस्ट पार्ने जमर्को गरेका छौं ।

क. आवश्यक मापदण्डः
१. असल आचरण भएको, कानूनको पालना गर्दै आएको र आलोचित जीवन नभएको हुनुपर्ने ।
२. स्वतन्त्ररुपमा जीवन यापन गर्न पर्याप्त सम्पत्ति वा सीप भएको हुनुपर्ने, आफ्नो दैनिक जीवनमा कुनै बोझ बिना जीवन यापन गर्न सक्ने र सम्पत्ति वा सीपलाई हेरेर भविष्यमा स्थिर जीवन बिताउन सक्नेमा बिश्वस्त हुन सकिने आधार भएको हुनुपर्ने ।
३. एइज्यु भिसा प्राप्त गर्न चाहेको ब्यक्ति जापानको हितमा रहेकोमा बिश्वस्त हुन सकिने खालको हुनुपर्ने ।
४. सामान्यतयाः आवेदक कम्तिमा १० वर्ष जापानमा निरन्तर बसेको हुनुपर्दछ । यद्यपि, यस अवधि भित्र काम गर्न मिल्ने
गिनोउ जिस्युसेइ र तोकुतेइ गिनोउ-१ बाहेक अन्य काम गर्न पाउने भिसा भएको व्यक्तिको हकमा भने ५ वर्ष भन्दा बढी जापानमा बसेको हुनुपर्ने छ ।
५. जरिवाना वा कैदमा नपरेको हुनुका साथै सार्वजनिक दायित्वहरू जस्तै कर भुक्तानी, सार्वजनिक पेन्सन र सार्वजनिक चिकित्सा बिमा प्रिमियमको भुक्तानी र आप्रवासन नियन्त्रण र शरणार्थी मान्यता ऐन लगायतका तोकिएका दायित्वहरू उचित रूपमा पूरा गरिएको हुनुपर्ने छ ।
६. हाल रहेको भिसाको स्थितिमा आवेदक अध्यागमन नियन्त्रण र शरणार्थी मान्यता ऐनको प्रवर्तन नियमको बुँदा २ मा तोकिएको अनुसार सबैभन्दा लामो अवधिको भिसा भई जापानमा बसेको हुनुपर्छ ।
७. स्वास्थ्य स्थितिको हकमा संक्रामक तथा दीर्घरोगबाट ग्रसित नभएको हुनुपर्दछ ।
८. तथापी जापानी नागरिक, आवासीय भिसा वाहकको पति वा बच्चाको हकमा बुँदा (१) र (२) को पालना गर्न नपर्ने । शरणार्थीको रूपमा मान्यता प्राप्त व्यक्तिहरूको हकमा भने बुँदा (२) पालना गर्न नपर्ने ।

ख. सैद्धान्तिक रूपमा १० बर्ष जापान बस्ने विशेष प्रावधान
१. जापानी नागरिक, स्थायी बासिन्दा वा विशेष स्थायी बासिन्दाको जीवन साथीको हकमा वास्तविक जीवन विवाह गरेको ३ वर्ष वा सोभन्दा बढी भएको र १ वर्ष वा सोभन्दा बढी समय जापानमा बसेको हुनुपर्ने । उनिहरुको बच्चाको हकमा एक वर्षभन्दा बढी समय लगातार जापानमा बसेको हुनुपर्ने ।
२. तेइज्युस्याको हकमा लगातार ५ वर्षभन्दा बढी समय जापानमा बसेको हुनुपर्ने ।
३. यदि शरणार्थीको रूपमा मान्यता प्राप्तको हकमा मान्यता पाएपछि कम्तीमा पाँच वर्षम्म लगातार जापानमा बसेको हुनुपर्ने ।
४. जापानमा कूटनीति, समाज, अर्थतन्त्र, सँस्कृति आदि क्षेत्रमा योगदान पुराएको भनि मान्यता प्राप्त व्यक्तिहरू कम्तीमा पाँच वर्ष जापानमा बसोबास गरेको हुनुपर्ने ।
५. क्षेत्रीय पुनरुत्थान ऐनद्वारा मान्यता प्राप्त संस्थामा आबद्ध भई अध्यागमन नियन्त्रण ऐनले तोकेका गतिविधिमा संलग्न भएको र त्यस्ता गतिविधिमार्फत जापानमा योगदान गरेको मान्यता प्राप्त व्यक्तिको हकमा तीन वर्ष वा सोभन्दा बढी समय लगातार जापानमा बसेको हुनुपर्ने ।
६. अध्यागमन नियन्त्रण र शरणार्थी मान्यता ऐन अनुसार उच्चस्तरिय तथा दक्ष पेशेवरहरूको हकमा मापदण्डमा तोकिएका अंकहरू गणना गर्दा ७० वा बढी अंक प्राप्त गर्ने व्यक्ति निम्न मध्ये कुनै एकमा पर्छ भने –
क. उच्चस्तरिय दक्ष विदेशी जनशक्तिको रूपमा लगातार ३ वर्ष भन्दा बढी समय देखि जापान मा बसोबास गरेको हुनुपर्ने छ ।
ख. लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखि जापानमा बसोबास गरिरहेको र स्थायी बसोबासको लागि अनुमति आवेदन दिएको मिति भन्दा ३ वर्षअघिको समयको आधारमा उच्च दक्ष पेशागत अध्यादेशमा तोकिएको अंक गणना गर्दा ७० अंक वा सोभन्दा बढी अंक भएको मानिनुपर्ने छ ।

७. मापदण्डअनुसार हिसाब गर्दा ८० वा सोभन्दा बढी अंक प्राप्त गर्ने व्यक्ति वा निम्न मध्ये कुनै एकमा पर्ने व्यक्ति ।
क. उच्च-दक्ष विदेशी पेशागतको रूपमा लगातार एक वर्षभन्दा बढी जापानमा बसोबास गरेको हुनुपर्ने
ख. एक वर्ष वा सोभन्दा बढी समयदेखि निरन्तर जापानमा बसोबास गरेको र एइज्यु अनुमतिको आवेदन मितिभन्दा एकवर्ष अघिको आधारमा उच्च दक्ष पेशासम्बन्धी मन्त्रालयको अध्यादेशमा तोकिएको अंक हिसाब गर्दा ८० अंक वा सोभन्दा बढी अंक प्राप्त गरेको व्यक्तिको रूपमा मान्यता प्राप्त भएको हुनुपर्ने
८. विशेष दक्ष पेशासम्बन्धी मन्त्रीस्तरीय अध्यादेशमा तोकिएको मापदण्ड र निम्न मध्ये कुनै पनि मापदण्ड अन्तर्गत पर्ने व्यक्तिः
क. विशेषप्रकारको दक्ष जनशक्तिको हकमा जापानमा एकवर्ष भन्दा बढी समयदेखि निरन्तर बस्दै आएको हुनुपर्ने छ ।
ख. एकवर्ष वा सोभन्दा बढी समयदेखि निरन्तर जापानमा बसोबास गरेको र एइज्यु अनुमतिको आवेदन मितिभन्दा एक वर्षअघिको आधारमा विशेष दक्ष जनशक्तिकारुपमा तोकिएको मापदण्ड पुरा भई मान्यता प्राप्त भएको हुनुपर्ने छ ।
९. हालका लागि माथिका १ को ३ को ग अनुसार यदि कुनै व्यक्तिको तीनवर्ष बसाइको अवधि छ भने लामो अवधिको बसाई अबधि भएको मानिने छ ।
१०. यसैगरी माथिको २ को (६) क उच्च दक्ष विदेशी पेशेवर भन्नाले जापानमा बसोबास गर्ने व्यक्तिहरूलाई बुझाउँछ । जसलाई अंक हिसाब अनुसार ७० अंक वा सोभन्दा बढी अंक प्राप्त भएको मानिन्छ र माथि २ को ७ क अनुसार उच्च दक्ष विदेशी पेशेवर भन्नाले अंक हिसाब परिणाम स्वरूप ८० अंक वा सोभन्दा बढी अंक प्राप्त गरेको र जापानमा बसोबास गर्ने व्यक्ति भन्ने बुझाउँदछ । माथि उल्लिखित २ को ८ को क को उच्च दक्ष विदेशी पेशेवरहरू भन्नाले विशेष दक्ष पेशासम्बन्धी मन्त्रीस्तरीय अध्यादेशमा तोकिएको मापदण्ड पूरा गरेको मानिन्छ ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ- (६९) एइज्युकेन एप्लाई गर्दा ………..
हेलो सेन्सेइ – (६८) एइज्युकेन एप्लाई गर्दा आवश्यक कागजातहरु ….
हेलो सेन्सेइ – (६७) जापानको श्रम बिमा (रोदो होउकेन) किन र के का लागि ?
हेलो सेन्सेइ : (६६) जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

 

तपाईको प्रतिक्रिया