बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारीमुलक स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी बाबुआमा वा आफन्तलाई उपचारका लागि जापान बोलाउनुपरेमा त्यसको भिसा प्रक्रिया बारेमा जानकारी गराउने प्रयास गरिएको छ । विदेशीहरु उपचारका लागि जापान आउनुपरेमा उनीहरुका लागि मेडिकल स्टे (इर्‍योउ ताइजाई) भिसाको ब्यवस्था छ ।
मेडिकल स्टे भिसा छोटो अवधिको भएमा ९० दिनको र अर्को ६ महिना वा १ वर्षसम्मको निर्दिष्ट गतिविधि भिसा (तोकुतेइ खाचुदोउ) हुन्छ । जापानका अस्पताल वा क्लिनिकमा उपचार गर्न आउने विदेशीका लागि यस्तो भिसाको ब्यवस्था गरिएको हो । जापानको अस्पतालमा बिरामी भर्ना नै हुनुपर्ने अवस्था हो भने ६ महिना वा १ वर्षका लागि तोकुतेइ खाचुदोउ भिसा आवेदन गर्न सकिन्छ । यस्तो अवस्थामा अध्यागमन ब्युरोबाट ‘योग्यताको प्रमाणपत्र’ (इलिजिबिलिटी) निकाल्नुपर्दछ । उपचार गर्ने बिरामी व्यक्तिका अतिरिक्त हेरचाह गर्ने व्यक्तिका लागि पनि यो भिसाको सुबिधा उपलब्ध छ । उक्त व्यक्ति परिवारको सदस्य, आफन्त वा नर्स पनि हुन सक्छन् तर हेरचाह गरेबापत तलब लिनेको हकमा भने यो सुबिधा उपलब्ध हुँदैन । बिरामीको आफ्नै पारिवारिक सदस्य नभएको अवस्थामा परिवार बाहिरको ब्यक्तिको सहयोग लिनुपरेमा निजसंग बिरामीको सम्बन्ध बारे स्पष्ट खुलाउनुपर्दछ ।

छोटो अवधि अर्थात ९० दिनका लागि भिसाको आवेदन गर्दा आवश्यक पर्ने कागजातहरू
१. राहदानीको प्रतिलिपी
२. फोटो
३. आवेदन फाराम
४. अस्पताल वा क्लिनिकको ‘अनुसूचित परामर्शको प्रमाणपत्र’ यो बिरामीको उपचारका लागि अस्पताल वा क्लिनिकद्वारा दिईने प्रमाणपत्र हो ।
५. ग्यारेन्टी संस्था (मिमोतोहोसो) को ‘ग्यारेन्टी लेटर’ यो जापान सरकारमा दर्ता भएको मेडिकल संयोजक वा जापान सरकारमा दर्ता भएको ट्राभल एजेन्सी जस्ता ग्यारेन्टी संस्थाको ग्यारेन्टी पत्रको कुरा हो ।
६. बैंक ब्यालेन्स प्रमाणपत्र ।
७. उपचार तालिका
छ महिना वा १ वर्ष तोकुतेइ खाचुदोउ भिसा आवेदन गर्दा आवश्यक पर्ने कागजातहरू
१. आवेदन फारम
२. फोटो
३. राहदानीको प्रतिलिपी
४. अस्पताल वा क्लिनिकमा भर्ना हुनका लागि बुकिङ गरिएको निस्सा
५. अस्पताल वा क्लिनिकको पर्चा वा ब्रोशर
६. उपचार तालिका
७. अस्पतालमा भर्ना हुनु अघि र पछि कहाँ बस्ने भन्ने पुष्टि हुने प्रमाण
८. बैंक ब्यालेन्स सर्टिफिकेट वा पूर्व भुक्तानी गरिसकेको भए सो को रसिद
९. बिमा छिर्नुभएको छ भने सो को कागजात
१०. स्पोन्सरको ग्यारेन्टीपत्र
११. भिसाका लागि आवेदन गर्दा अस्पताल वा क्लिनिकको तालिका प्रमाणपत्र र ग्यारेन्टर संस्थाबाट सर्टिफिकेट अफ ग्यारेन्टीपत्र
१२. हेरचाहका लागि नियुक्त व्यक्तिको जापान बसाईको तालिका र खर्चको ग्यारेन्टी कसले गर्ने भनेर पुष्टि गर्ने कागजात

स्मरण रहोस् अस्पतालबाट डिस्चार्ज भइसकेपछि थप अस्पताल जान नपर्ने भएमा बिरामी तथा सुसारेले जापान छोड्नुपर्दछ । छोटो अवधिका आगन्तुक भिसा र मेडिकल स्टे भिसामा रहेका व्यक्तिहरूले जापानको राष्ट्रिय स्वास्थ्य बीमामा छिर्न मिल्दैन । तसर्थ अस्पताल वा क्लिनिकमा पैसा तिर्दा जापानी बीमा प्रयोग गर्न मिल्दैन त्यसैले जापानमा बस्नेहरूले भन्दा उनीहरुले बढी पैसा अर्थात शतप्रतिशत तिर्नुपर्ने हुन्छ ।

यहाँनेर एउटा घटना उल्लेख गर्नु सान्दर्भिक होला, सन् २०१७ मा थाइल्याण्डबाट घुम्न आएका एक जना थाई नागरिक उएनोमा अचानक ढलेका थिए । उनलाई एम्बुलेन्सबाट अस्पताल लगियो । उनी मुटुको गम्भीर बिरामी रहेछन् तर पनि उनको ज्यान जोगियो । अस्पतालमा तिर्नुपर्ने पैसाका लागि भने जापानको राष्ट्रिय स्वास्थ्य बीमा र यात्रा बीमा नभएकोले अस्पतालमा तिर्नुपर्ने पैसा शतप्रतिशत लाग्यो । जसअनुसार उनले तिर्नुपर्ने बिल लगभग १८ मिलियन येन आएको थियो । जसलाई जापानका सञ्चार माध्यमहरुले महत्वकासाथ समाचार लेखेका थिए । निज बिरामीले एकमुष्ट तिर्न नसक्ने भएपछि मासिक किस्ताबन्दीमा तिर्ने ब्यवस्था मिलाईएको थियो । त्यसो भएको हुनाले उपचार प्रयोजनका लागि आउनेहरुले जापानको अस्पतालमा लाग्ने अति महंगो खर्चका बारेमा पनि राम्रोसंग बुझेर मात्रै योजना बनाउँदा बुद्धिमानी हुन्छ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (७२) यस्तो छ, अक्टुबरदेखि लागू भएको नयाँ नियम 
हेलो सेन्सेइ (७१) विदेशीले जापानी पासपोर्ट लिनुपरेमा …..
हेलो सेन्सेइ – (७०) एइज्युकेन एप्लाईका लागि आवश्यक योग्यता
हेलो सेन्सेइ- (६९) एइज्युकेन एप्लाई गर्दा ………..
हेलो सेन्सेइ – (६८) एइज्युकेन एप्लाई गर्दा आवश्यक कागजातहरु ….
हेलो सेन्सेइ – (६७) जापानको श्रम बिमा (रोदो होउकेन) किन र के का लागि ?
हेलो सेन्सेइ : (६६) जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or info@gmt-intl.com
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

 

तपाईको प्रतिक्रिया