Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारीमुलक स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी यो वर्षको अक्टुबर महिनाको १ तारिखबाट जापानमा लागू भएको केही नयाँ नियमहरुका बारेमा जानकारी गराउने प्रयास गरिएको छ ।

१. न्युनतम ज्याला : जापान सरकारले यो वर्षको अक्टुबर महिनाको १ तारिखबाट लागू हुनेगरी श्रमिकहरुको न्युनतम पारिश्रमिक प्रतिघण्टा ३९ येन बाट बढाएर ४७ येनसम्म पुर्‍याएको छ । जसअनुसार टोकियो तोको न्युनतम पारिश्रमिक १ हजार ७२ येनबाट बढेर १ हजार १ सय १३ येन हुने भएको छ । यसैगरी अन्य प्रिफेक्चरहरुमा पनि प्रतिघण्टाको पारिश्रमिक रकम देहायअनुसार परिवर्तन भएको छ ।
होक्काइदो ९६० येन
आओमोरी ८९८ येन
मियागी ९२३ येन
इबाराकी ९५३ येन
तोचिगी ९५४ येन
गुन्मा ९३५ येन
कानागावा १११२ येन
साइतामा १०२८ येन
चिबा १०२६ येन
यामानासी ९३८ येन
शिजुओका ९८४ येन
आइची १०२७ येन
ओसाका १०६४ येन
हृयोगो १००१ येन
ओकायामा ९३२ येन
हिरोसिमा ९७० येन
फुकुओका ९४१ येन
ओकिनावा ८९६ येन
यसबाहेक अन्य क्षेत्रको पनि प्रतिघण्टा पारिश्रमिक दर बढेको छ । जापान सरकारले जापानमा काम गर्ने श्रमिकको हितलाई ध्यानमा राखेर न्युनतम तलवमान निर्धारण गरेको हो र सोही अनुसार जापानमा कानूनी ब्यवस्था गरिएको हुन्छ । त्यसैले निर्धारित न्युनतम पारिश्रमिक भन्दा कम तलब भुक्तानी अवैध मानिन्छ । रोजगारदाता कम्पनीसंग रोजगारी सम्बन्धित करारनामा गर्दा निर्धारित तलबमान अनुसार मेल नखाएमा मान्य हुँदैन । इमिग्रेशन वा हेलो वर्कको रोउदोउ क्योकुमा कुनै कागजात बुझाउनुपर्दा न्युनतम तलबमान मिले नमिलेको राम्रोसंग चेकजाँच गर्नुपर्दछ ।
२. नयाँ इन्भोइस सिष्टम : अक्टोबर १ देखि जापानमा उपभोग कर (स्योहिजेइ) संग सम्बन्धित नयाँ इन्भोइस सिष्टम सुरु हुने भएको छ । इन्भोइस सिस्टम भन्नाले कुनै कम्पनी वा कोउजिन जिग्योउ (व्यक्तिगत ब्यवसाय) उपभोग करको हिसाब गर्दा कर कार्यालयमा दर्ता भएको स्योहिजेइ इन्भोइस सिस्टम नम्बर भएका रसिदहरूलाई मात्र मान्यता दिईने सिस्टम हो ।
इन्भोइस नम्बर दर्ता गरिसके पछि सेइक्यूस्यो र र्‍योउस्युस्यो (नगदी भरपाई) मा कम्पनी वा व्यक्तिगत ब्यवसायको इन्भोइस नम्बर लेख्नुपर्दछ । ८ प्रतिशत र १० प्रतिशत स्योहिजेइ पनि सेइक्युस्यो र र्‍योउस्युस्योमा छुट्टाएर लेख्नुपर्दछ । यसका साथै र्‍योउस्युस्योमा सेवाग्राही (व्यक्ति वा कम्पनी) को नाम, मिति, जम्मा रकम र कुन प्रयोजनका लागि हो त्यसको संक्षिप्त विवरण अनिवार्य लेख्नुपर्दछ । यसैगरी र्‍योउस्युस्योमा जारी गर्ने कम्पनीको नाम र इन्भोइस दर्ता नम्बर, उपभोक्ता कर ८ प्रतिशत हो वा १० प्रतिशत सोहि अनुसारको रकम लेख्नुपर्दछ ।
यसैगरी ५ मान येन भन्दा बढि रकमको र्‍योउस्युस्योमा २ सय येनको टिकट टाँस्नुपर्दछ । रेस्टुरेन्ट र पर्सनल कष्टमरलाई बेच्ने हलाल फुड पसलको हकमा र्‍योउस्युस्योमा भने व्यक्ति र कम्पनीको नाम नलेखी दिदा पनि मान्य हुन्छ । तथापी पसलमा बेच्ने होलसेल पसलको कम्पनीले भने र्‍योउस्युस्यो दिंदा प्राप्त गर्ने कम्पनीको नाम अनिवार्य लेख्नुपर्दछ । सेइक्युस्योको हकमा पनि सोही अनुसार विवरण उल्लेख गर्नुपर्दछ । र्‍योउस्युस्यो र सेइक्यूस्यो जापानको कानून अनुसार ७ वर्षसम्म सुरक्षित राख्नुपर्दछ ।

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ (७१) विदेशीले जापानी पासपोर्ट लिनुपरेमा …..
हेलो सेन्सेइ – (७०) एइज्युकेन एप्लाईका लागि आवश्यक योग्यता
हेलो सेन्सेइ- (६९) एइज्युकेन एप्लाई गर्दा ………..
हेलो सेन्सेइ – (६८) एइज्युकेन एप्लाई गर्दा आवश्यक कागजातहरु ….
हेलो सेन्सेइ – (६७) जापानको श्रम बिमा (रोदो होउकेन) किन र के का लागि ?
हेलो सेन्सेइ : (६६) जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-497

 

 

 

तपाईको प्रतिक्रिया