सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापानको सर्वोच्च कानून जापानको संविधानको बारेमा सारांशमा जानकारी गराउने प्रयास गरिएको छ । संविधान भनेको देश सञ्चालन गर्ने मुल कानून हो । हालको संविधान सन् १९४७ मा बनेको दोस्रो संविधान हो । यसअघि जापानमा पहिलेको संविधान थियो तर जापान र अमेरिकाबीचको युद्धमा अमेरिका विजयी भएपछि अमेरिकाको निर्देशनमा हालको संविधान बनेको हो ।

अहिलेको संविधान मुलतः तीन विचारधारामा आधारित छ । पहिलो भनेको ‘नागरिक सर्बोच्चता’ हो । युद्धभन्दा अगाडिको संविधानमा जापानमा सम्राट सबैभन्दा महत्वपूर्ण थिए भने हालको संविधानले जापानका जनतालाई सबैभन्दा महत्वपूर्ण मानेको छ । दोस्रो भनेको ‘मानव जातिको सम्मान’ गर्नु हो । जापानको संबिधानतः सबैलाई मानव भएर बाँच्न पाउने अधिकारको प्रत्याभुत गरेको छ । तेस्रो कुरा ‘शान्तिप्रिय मान्यता’ हो । अरू देशहरूसँग कहिलै युद्ध नचाहने र सेना पनि नराख्ने नीति जापानको संबिधानमा ब्यवस्था गरिएको छ ।

जापानको संबिधानमा ब्यवस्था गरिएको अन्य बिषयवस्तुका बारेमा यहाँ संक्षिप्तमा थप विवेचना गरिएको छ ।
१. सम्राट जापानको प्रतीक हो । तर सबैभन्दा महत्वपूर्ण कुरा जापानी नागरिकहरू हुन् ।
२. जापानी सम्राटको राजकीय हैसियत आफ्ना सन्तानमा हस्तान्तरण हुँदै जाने प्रणाली हो ।
३. जापान सम्राटका लागि सरकारले गरेका निर्णयहरु मान्य हुनेछन् ।
४. सम्राटबाट संविधानको भावना र मर्मको पालना गरिनुपर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो विचार व्यक्त गर्न नपाउने प्रावधान छ ।
(५ देखि ८ सम्म जापानी सम्राटको विशेष काम, कर्त्तब्य र अधिकारको बारेमा)
९. जापानी जनता विश्वशान्तिको पक्षमा छन् । त्यसैले उनीहरु अन्य देशसँग युद्ध तथा तनावपूर्ण स्थितिको विपक्षमा उभिन चाहान्छन् । त्यसो भएको हुनाले जापानको संबिधानमा सेना नराख्ने प्रावधान छ ।
१०. विदेशी नागरिकहरु जापानी नागरिक बन्ने प्रक्रियाका लागि छुट्टै कानूनी प्रावधानको ब्यवस्था गरी आवश्यक मापदण्ड निर्धारण गरिएको छ ।
११. नागरिकहरूलाई मूलतः मानवको रूपमा सम्मान गर्ने अधिकार छ । यो अधिकार अहिले र भविष्यमा पनि जारी रहने अधिकार हो ।
१२. मानव जातिको रूपमा सम्मान गर्ने यो आधारभूत अधिकारको रक्षा गर्न हरेक नागरिकले सक्दो प्रयास गर्नुपर्ने छ । यो अधिकार आफ्नो स्वार्थका लागि प्रयोग गर्नुहुँदैन र सबैको खुशीका लागि प्रयोग गर्नुपर्ने छ ।
१३. सबै नागरिकहरूलाई व्यक्तिगत रूपमा उत्तिकै मूल्यवान र महत्वका रुपमा हेर्नुपर्छ । जीवन, स्वतन्त्रता र खुशीका लागि आशा गर्ने अधिकार महत्वपूर्ण हुन्छ र राजनीति गर्दा सँधै यो विचार गर्नुपर्ने छ ।
१४. सबै नागरिकहरूलाई समान व्यवहार गर्नुपर्ने छ ।
१५. निजामती कर्मचारीहरू जनताका सार्वजनिक सेवक हुनेछन् ।
(१६ देखि १७ निजामति कर्मचारीहरूको कामका बारेमा)
१८. कसैलाई पनि दास जस्तो व्यवहार गर्न पाईने छैन ।
१९. जो कोहीले स्वतन्त्र रूपमा सोच्न सक्नेछन् र कसले-कसरी भनेर कसैमाथि नियन्त्रण गर्न पाईने छैन ।
२०. जो कोहि पनि धर्म मान्नका लागि स्वतन्त्र हुनेछन् । कसैलाई कुनै पनि धर्म मान्नका लागि बाध्य पार्न पाईने छैन ।
(२१. विशेष गरी धार्मिक स्वतन्त्रताका बारेमा)
२२. जो कोही जुनसुकै ठाउँमा बस्न, कुनै पनि काम गर्न, विदेश जान र जापानको आफ्नो नागरिकता त्याग्न स्वतन्त्र हुनेछन् ।
२३. अध्ययन गर्नका लागि स्वतन्त्रताको ग्यारेन्टी हुने छ ।
२४. विवाह दुवै पक्षको सहमतिमा तय गरिनुपर्ने छ, श्रीमान र श्रीमतीको अधिकार बराबर हुनेछ ।
२५. सबै नागरिकलाई मानव भएर बाँच्ने अधिकारको सरकारले ग्यारेन्टी गर्ने छ ।
२६. सबै नागरिकलाई शिक्षा प्राप्त गर्ने अधिकार हुने छ । प्राथमिक तहको शिक्षा र निम्नमाद्यामिक तहको शिक्षामा ट्युशन शुल्क निःशुल्क हुने छ ।
२७. सबै नागरिकलाई काम गर्ने अधिकार र कर्तव्य हुने छ । कामको पारिश्रमिक, काम गर्ने घण्टा, बिदा र अन्य सेवा सुबिधा लगायतका बिषयमा छुट्टै कानूनको ब्यवस्था गरी सम्बोधन गरिने छ ।
२८. काम गर्ने मानिसहरूको समुदायको बारेमा…
२९. नगद होस् वा जिन्सि अरुको सम्पत्तिमाथि जबरजस्ती गर्न पाईनेछैन ।
३०. जनताले कर तिर्नुपर्ने छ ।
३१. सबैका लागि कानूनी प्रक्रियाद्वारा दण्ड जरिवानाको निर्धारण गरिने छ ।
३२. सबैलाई अदालतमा मुद्दा चलाउ पाउने अधिकार हुने छ ।
(३३ देखि ४० सम्म प्रहरीले पक्राउ गरेको अवस्था र त्यसपछिको बारेमा…)
(४१ देखि ८२ सम्म संसद, सरकार र अदालतको बारेमा…)
(८३ देखि ९१ सम्म जापानको मुद्रा कसरी प्रयोग गर्ने भन्ने बारेमा…)
(९२ देखि ९५ सम्म प्रिफेक्चर र सिटीको बारेमा…)
(९६. संविधान संशोधन प्रक्रियाबारे…)
९७-९८. यो संविधान जापानको सर्वोच्च कानून हो त्यसैले यस संविधानसंग बाझिने कुनै पनि कानून, नियम, उपनियम तथा  आदेशहरू स्वतः अमान्य हुनेछन् ।
९९. सम्राट, मन्त्री र निजामती कर्मचारीहरूले यो संविधानको अनिवार्य पालना गर्नुपर्ने छ ।
१००-१०३. यो संविधान ३ मे १९४७ देखि लागू भएको हो । जापानको संबिधान ३ नोभेम्बर १९४६ मा घोषणा भएको थियो भने ३ मे १९४७ बाट कार्यान्वयनमा ल्याईएको थियो । त्यसैले हरेक वर्ष उक्त दिनमा सार्बजनिक बिदा दिने गरिन्छ ।***

यो पनि पढ्नुहोस् :
हेलो सेन्सेइ – (७५) ’नेन्माचु च्योसेइ’ भनेको के हो ?
हेलो सेन्सेइ : (७४) यस्तो छ, जापानको संबैधानिक ब्यवस्था
हेलो सेन्सेइ – (७३) उपचारका लागि आफन्तलाई जापान बोलाउनुपरेमा…..
हेलो सेन्सेइ – (७२) यस्तो छ, अक्टुबरदेखि लागू भएको नयाँ नियम 
हेलो सेन्सेइ (७१) विदेशीले जापानी पासपोर्ट लिनुपरेमा …..
हेलो सेन्सेइ – (७०) एइज्युकेन एप्लाईका लागि आवश्यक योग्यता
हेलो सेन्सेइ- (६९) एइज्युकेन एप्लाई गर्दा ………..
हेलो सेन्सेइ – (६८) एइज्युकेन एप्लाई गर्दा आवश्यक कागजातहरु ….
हेलो सेन्सेइ – (६७) जापानको श्रम बिमा (रोदो होउकेन) किन र के का लागि ?
हेलो सेन्सेइ : (६६) जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा
हेलो सेन्सेइ – (६५) विदाका सम्बन्धमाः यस्तो छ जापानको श्रमकानून 
हेलो सेन्सेइ – (६४)  डिपेन्डेन्टबाट वर्किङ भिसा परिवर्तन गर्दा ……..
हेलो सेन्सेइ – (६३)  कर्मचारी, बिजनेश पार्टनर, घरबेटी विदेशमा भएमा : यस्तो छ करको प्रावधान
हेलो सेन्सेइ – (६२) जापानको ‘स्पाउज’ भिसाबाट ‘तेइज्यु’ भिसा परिवर्तन गर्दा…………
हेलो सेन्सेइ (६१) यस्तो छः अक्टुबरदेखि लागू हुने नयाँ इन्भोइसिङ सिष्टम
हेलो सेन्सेइ – (६०) विद्यार्थी भिसाबाट वर्किङ भिसा परिवर्तन गर्दा ….
हेलो सेन्सेइ – (५९) यसकारण, अति महत्वपूर्ण छ : होउतेइच्योस्यो र गेन्सेनच्योस्युहृयोउ
हेलो सेन्सेइ – (५८) वर्किङ भिसाका लागि आधारभुत योग्यता
हेलो सेन्सेइ – (५७) डिपेन्डेन्टहरुको विवरण ठीक दुरुस्त राख्ने गरौं, नत्र समस्या पर्न सक्छ
हेलो सेन्सेइ – (५६) जापान आउँदा साथमा के ल्याउन पाईन्छ, के पाईंदैन ?
हेलो सेन्सेइ – (५५) जापानको हेल्थ इन्स्युरेन्स ट्राभलमा पनि उपयोगी
हेलो सेन्सेइ – (५४) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियमहरु
हेल्लो सेन्सेइ – (५३) यस्तो छ, जापानमा उपभोक्ता करको प्रावधान
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान

हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or info@gmt-intl.com
Tel: 03-6903-8817 Mob.080-5802-8841

 

 

 

 

तपाईको प्रतिक्रिया