आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक काम गरेको कम्पनी छोड्ने बेलाको ’रोजगार वीमा’ (कोयोउ होकेन ) र त्यस्तो अवस्थामा हुने भिसा सम्बन्धी जानकारी दिने प्रयास गरिएको छ ।
’रोजगारी वीमा’ भनेको कम्पनी छोडेको बेला (ताइस्योकु) सरकारद्वारा भुक्तान गरिने वीमा हो । निम्न व्यक्ति वीमाको लागि योग्य हुन्छन् ।
१. स्याइन भई काम गरेका ब्यक्ति
२. हप्तामा कम्तिमा २० घण्टाभन्दा बढि पार्टटाइम काम गर्ने ब्यक्ति
यस्ता ब्यक्तिहरु कम्पनी छोड्ने बेलामा कम्पनीबाट प्राप्त गर्ने कोयोउ होकेनको कागजातहरु लिएर हेलोवर्क गएमा तलका टेवलअनुसार ’रोजगार वीमा बेरोजगारी लाभ’ प्राप्त गर्न सक्छन् । प्राप्त गर्न सकिने रोजगार वीमाको रकम तलवको ५० प्रतिशत देखि ८० प्रतिशतसम्मको रकम हुने हिसाब बिधि तोकिएको छ ।
आफैले कम्पनी छोडेको खण्डमा
तपाई काम गरिरहेको कम्पनीमा कोयोउ होकेनको प्रक्रिया गरेको वा नगरेको तपाईको तलव स्लिपमा हेर्न सकिन्छ । यदि कोयोउ होउकेन प्रक्रिया गरेको छ भने तपाईको तलबबाट होउकेनको प्रिमियम घटाइएको हुन्छ । यो कम्पनीमा पनि सोधपुछ गरी होउकेन भएको नभएको बुझ्न सकिन्छ । यदि कोयोउ होकेन हालेको भन्ने जानकारी पाउन कम्पनीको तर्फबाट असजिलो पर्‍यो भने सिधै हेलो वर्कबाट पनि जानकारी लिन सकिन्छ ।
अब ताइस्योकु (काम छोडेपछि) को भिसाको बारेमा प्रष्ट पार्न चाहान्छौ । यदि तपाई वर्किङ भिसामा जापानमा काम गरिरहनुभएको छ भने २ हप्ताभित्र काम छोडेको जानकारी इमिग्रेशनमा दिनुपर्ने हुन्छ । वर्किङ भिसाको प्रकार अनुसार सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने हुन्छ ।
वर्किङ भिसाका ब्यक्तिले काम छोडेको मितिले ३ महिनाभित्र अर्को काम खोजिसक्नुपर्ने हुन्छ, यदि ३ महिनाभित्र काम खोज्न नसकेको अवस्थामा भिसा बाँकि नै रहे पनि भिसा स्वतः रद्द हुने प्रक्रियामा जान्छ । यदि अर्को काम नभेटिएको अवस्थामा भिसा थप्नुपर्ने अवस्था रह्यो भने भिसा नथपिने र आफ्नै देश फर्किनुपर्ने हुन्छ ।
तर तपाई कम्पनीको परिस्थितका कारण काम छोड्न परेको र अर्को काम खोज्नका लागि तोकुतेइ खाचुदो (特定活動) भिसामा परिवर्तन गर्न सकिने अवस्था हुन सक्छ । यो भिसा परिवर्तन गर्नका लागि कम्पनीका कारण काम छोडेको प्रमाणपत्र (ताइस्योकु स्योमेइस्यो) इमिग्रेशनमा बुझाउनुपर्ने हुन्छ ।
अर्को काम भेट्ने बेलासम्म आफ्नो जीवनयापन गर्न पनि असजिलो हुने हुँदा कोयोउ होकेन पाउन सकिन्छ भने हेलोवर्कमा प्रक्रिया पुरा गरी कोयोउ होकेन लिँदा कुनै समस्या हुँदैन । स्युस्योकु खाचुदोउका लागि तोकुतेइ खाचुदोउ भिसाको अनुमति जो कसैले पनि पाउँछन भन्ने होइन त्यसैले कोयोउ होकेनको प्रक्रियाको कागजपत्र पनि इमिग्रेशनमा बुझाउने र अहिलेको कम्पनीको परिस्थितिको कारण काम गुमाएको भन्ने ब्याख्या राम्रोसंग गर्नुपर्ने हुन्छ । ***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 
Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mobile 070-4339-4972

तपाईको प्रतिक्रिया