Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

टोकियो – झ्यालहरू बन्द छन्, घरको रंग उडेको छ र घरको बगैंचामा जथाभावी लामो घाँस उम्रिएको छ । जापानको राजधानी टोकियोको दक्षिणमा रहेको योकोहामाको पोश नेगिशी जिल्लामा रहेको यो एक तले घरलाई मर्मत गर्नुपर्ने थियो तर भत्किनका लागि छोडिएको छ । कुनै समय निकै सुन्दर रहेको यो घर खाली रहेको एक दशकभन्दा बढी भइसक्यो ।

जापानको गृह मन्त्रालयले मंगलबार जारी गरेको नयाँ रिपोर्टअनुसार कुनै समय वृद्धा महिलाको घर रहेको यो भवन जापानभरका ९० लाखभन्दा बढी खाली घरमध्ये एक हो । यो संख्या जापानका सबै आवासीय सम्पत्तिको १३.८ प्रतिशत हो, जुन धेरै उच्च छ ।

यी घरहरू, जसलाई जापानी भाषामा अकिया भनिन्छ, ती घरहरू हुन् जसमा वृद्ध बासिन्दाहरू या त मरेका छन् वा अवकाश गृहमा बस्न गएका छन् । घर भत्काउनको लागि धेरै खर्च हुने भएकाले यी वृद्धका परिवारहरू सम्पत्ति त्याग्न चाहँदैनन् ।

सम्पत्ति विकासकर्ता प्यासिफिका क्यापिटलका संस्थापक सेथ सुल्किन भन्छन्- जापानमा घरहरू खाली हुनुको सबैभन्दा ठूलो कारण जनसंख्याको तीव्र गिरावट हो । टोकियो बाहिर, विशेष गरी तोहोकु र होक्काइडो जस्ता ठाउँहरूमा जनसंख्या द्रुत रूपमा घट्दै छ र मानिसहरू आफ्नो घर छोड्दैछन् ।साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनी भन्छन्, ‘यसबाहेक जापानको विरासत र सम्पत्ति प्राप्तिसम्बन्धी कानुन पनि यस्तो छ कि छोडिएको सम्पत्ति पुन: प्रयोग गर्न निकै गाह्रो छ ।’

जापानमा घरको मालिकको मृत्यु भएमा श्रीमतीले घरको आधा हिस्सा पाउँछन् । बाँकी सम्पत्ति बालबालिकामा बाँडिन्छ । तर कुनै एकजना हकवालाले आफ्नो हिस्सा बेच्न नमानेको अवस्थामा कानुनअनुसार घर यथावत रहनेछ ।

जापानले पहिले गाँउहरूमा जनसंख्यामा ठूलो वृद्धि देखेको थियो, जसको परिणामस्वरूप ठूलो संख्यामा अकिया (बस्ने घरहरू) थिए, तर अहिले साना र ठूला शहरहरूमा अकियाको संख्या द्रुत रूपमा बढिरहेको छ । बसोबास नभएका घरको सङ्ख्या बढ्न नदिन स्थानीय तहलाई गत वर्षको डिसेम्बरमा हेरचाह नगर्ने निर्जन घरका मालिकलाई कर छुट नदिने अधिकार दिइएको थियो ।

यसको पछाडिको विचार मालिकहरूलाई उनीहरूको घरहरू मर्मत गर्न र प्रयोग गर्न प्रोत्साहित गर्नु हो । मालिकले चाहेमा, उसले आफ्नो खाली घर र जग्गा निर्माणकर्ताहरूलाई बेच्न सक्छ जसले यसको सही उपयोग गर्न सक्छ । विज्ञहरू भन्छन्- जापानी सरकारले पैतृक नियम र परित्याग गरिएको सम्पत्ति खरीद गर्न सरल बनाउन आवश्यक छ ।

सुल्किन भन्छन्- ‘अकियाको समस्या समाधान गर्न सरकारले स्थानीय तहलाई परित्याग गरिएका घरको स्वामित्व लिने र विकासकर्तालाई बेच्ने अधिकार दिने कानुन बनाउनुपर्छ । उनी भन्छन्- ‘सरकारले यी भवनहरू नियन्त्रणमा लिएर लिलामी गर्न सक्ने संयन्त्र बनाउनुप र्छ। यदि केही गरिएन भने, जापानको जनसङ्ख्या निरन्तर घट्दै गएको र खाली घरहरूको सङ्ख्या अझै बढ्ने भएकाले समस्या झन् बढ्नेछ ।’खाली घरका धेरै हकवालाले बेचेर राम्रो आम्दानी गरिरहेका छन् । आफूले उपयोगहीन ठानेका घरहरू विकासकर्ताले राम्रो मूल्यमा किन्ने गरेकोले उनीहरू आफूलाई नाफाको सम्झौता भएको बताउँछन् ।

टोकियोको उत्तरमा बस्ने टोमोको उनो भन्छिन्- ‘सात वर्षअघि मेरी आमाको मृत्यु हुँदा हामीले उनको घर बिल्डरलाई बेच्ने वा भाडामा दिने भन्ने सोचेका थिएनौं। मेरी आमा लामो समयदेखि त्यहाँ बस्नुहुन्थ्यो र घरको अवस्था नाजुक थियो । घर भत्काएर पुनर्निर्माण गर्ने हो भने धेरै खर्च हुन्थ्यो । त्यसैले घर जग्गा बेच्दा राम्रो हुन्छ भन्ने सोचेका छौं ।

आमाको घर बेच्दा निकै फाइदा भएको उनी बताउँछिन् । घर जग्गामा निर्माणकर्ताले दुईवटा घर बनाएका छन् र टोमोकोले घरको राम्रो मूल्य पाएकी छिन् ।

तपाईको प्रतिक्रिया