Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं । पिकनिक गएका प्राध्यापकहरुबीच कुटाकुट भएको खुलेको छ । आफू कुटिएको भन्दै एक प्राध्यापक प्रहरीमा पुगेपछि घटना बाहिरिएको हो ।

जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरू शनिबार खानीडाँडा पिकनिकमा गएका थिए । त्यही क्रममा खानपिन गर्दै रमाइलो गरिरहेको बेला स्थिति हात हालाहालसम्म पुगेको हो । प्राध्यापक विकास गौतमले आफू खाइरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको भन्दै ४ जनाविरुद्ध उजुरी परेको डीएसपी दिपेन्द्र पालले बताए ।

उनका अनुसार उनीहरू सबैलाई बिहान १० बजे प्रहरी कार्यालयमा बोलाइएको छ । घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र विजय शाहीसमेत थिए । बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बढुवा तथा करारमा रहेकाहरू स्थायी भएको खुसीयालीमा उनीहरू पिकनिक गएका हुन् ।

प्राध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपसमा विवाद भएको बताइन्छ । बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका हुन् ।

तपाईको प्रतिक्रिया