Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको मृत्यु भएको छ । वैशाख २३ गते ललितपुर महानगरपालिका १७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

आगलागीमा उनका परिवारका पाँच जना घाइते भएका थिए । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते भएका गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको हो ।

सञ्जयको भेन्टिलेटरमा उपचार भइरहेको थियो । योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । सञ्जयकी श्रीमती रूपाको पनि उपचारका क्रममा वैशाख ३१ गते मृत्यु भएको थियो भने उनीहरूका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो ।

भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन् । उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए । मोबिल खन्याइरहँदा लाइटर बालेपछि आगलागी भएको थियो ।

तपाईको प्रतिक्रिया