Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सहकारीको रकम अपचलन छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेश बनाउन आज बैठक बस्दैछ । कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक बिहान साढे ८ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तापक्ष, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका बिचमा शनिबार सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो । संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो । कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद खनाल रहेका छन् ।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राखेको थियो । उसले संघीय संसद्को काम कारबाही पनि अघि बढाउन दिएको थिएन ।

कांग्रेसको अवरोधकै कारण संसद् बर्खे अधिवेशन सुरु भएयता नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । तर गत जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रस्तुत गरिसकेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको माग सम्बोधन भएकाले सदनको गतिरोध आइतबारबाट अन्त्य हुने विश्वास गरिएको छ । आजै बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

तपाईको प्रतिक्रिया