नागानो स्टेशन नजिक तीन जनामाथि छुरा प्रहार, एकको मृत्यु
जापानको एक मुख्य यातायात केन्द्र, नागानो स्टेशन नजिक तीन जनामाथि छुरा प्रहार भएको छ । बुधबार साँझ बस पर्खिरहेका उनीहरुमाथि अपरिचित व्यक्तिले छुरा प्रहार गरेका हुन् । घटनामा परेका एक ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने छुरा हान्ने व्यक्ति फरार छन् । प्रहरीलाई साँझ करिब ८ बजे जेआर नागानो स्टेशनमा भएको घटनाबारे जानकारी गराइएको थियो । ३५ वर्षीय एक पुरुषको पछाडिबाट छुरा प्रहार भएको र उनको अवस्था गम्भीर देखिएको छ । एक महिलालाई आक्रमणपछि लड्दा चोटपटक लागेको अधिकारीहरूले बताएका छन् । आक्रमणकारीसँग छुरा भएको अनुमान गरिएको छ ।
भारत रेल दुर्घटनाका मृतक ४ नेपालीको परिचय खुल्यो
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको...
सस्तियो डलर, कति छ जापानी येनको भाउ ?
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर ...