Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

नागोया – जापानको नागोया शहरमामा रहेको तोकाई वाटिका ईन्टरनेशनलन स्कुलमा सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना गर्न सकिने भएको छ । तोकाई वाटिका ईन्टरनेशनल स्कुलका प्रिन्सिपल यादवकुमार भुजेलका अनुसार सरस्वती पूजाको दिन बालबालिकालाई निःशुल्क भर्ना गर्न सकिने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरस्वती पूजाकै दिनदेखि बच्चाहरूलाई अक्षरारम्भ गरिने हुँदा तोकाई वाटिका ईन्टरनेशनल स्कुलमा उक्त दिन विशेष कार्यक्रम गरी विद्यार्थीहरूलाई अक्षरारम्भ र निःशुल्क भर्ना गरिने उनले बताए । सरस्वती पूजापछि पनि भर्ना शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको यादवको भनाई छ ।

स्कुलमा पढाउनको लागि अभिभावकहरूलाई विभिन्न सुविधाहरू प्रदान गरिएको छ । एकभन्दा बढी विद्यार्थी पढाउने अभिभावकहरूलाई एवं जेहनदार विद्यार्थीलाई विभिन्न छुटको व्यवस्था गरिएको स्कुलका सञ्चालक सुरज काफ्लेले बताए । आफ्नो छोराछोरीको उज्ज्वल भविष्यका लागी जापानमा विभिन्न पेशामा रहेका नेपालीहरूका आफ्ना नानीबाबुलाई स्कुल ल्याउन काफ्लेले समस्त नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

यसअघि नेपालीहरूको धेरै बसोबास रहेको नागोयामा शहरबाट उक्त स्कुल टाढा रहँदा असुविधा भएको गुनासो आएपछि सुविधा सम्पन्न एवं नागोया शहरको मध्ये क्षेत्रमा स्कुल सारेर सञ्चालन गरिएको स्कुलका अर्का सञ्चालक विमल अधिकारीले बताए । हाल सञ्चालनमा रहेको उक्त स्कुल 2-chōme-2-1 Himeikedōri, Chikusa Ward, Nagoya, Aichi 464-0055 अवस्थित छ । उक्त स्कुल ट्रेनको Subway हिगासियामा लाइनको Kakuozan Station १ नम्बर गेटबाट बाट हिँडेर करिब ५ मिनेट र Subway मेजोसेन लाइनको Motoyama Station १ नम्बर गेटबाट हिँडेर ७ मिनेटमा पुग्न सकिन्छ ।स्कुलका अर्का निर्देशक सुरेशचन्द्र उपाध्यायका अनुसार हामी सक्ने सम्म छुटमा हरेक नेपालीका बाबुनानीहरुलाई नेपाली सहित अंग्रेजी र जापनिज भाषामा यस स्कुलमा पढ्न सकुन् भन्ने चाहान्छौं , त्यसैले स्कुल टाढा भएको गुनासो धेरैको आएपछि स्कुल नजिकै ट्रेनको व्यवस्था भएको ठाउँमा स्कुल सारिएको हो ।

हाल स्कुल KG देखी कक्षा ८ सम्म सञ्चालन गरिएको उक्त स्कुल प्रत्येक वर्ष कक्षा थप गर्दै १२ कक्षा सम्म सञ्चालन गर्ने लक्ष्य रहेको स्कुलका मुख्य निर्देशक डा सुदिप अधिकारीले बताए । अध्ययन पश्चात् जापान तथा बाहिरको विश्व विद्यालयहरूमा अध्ययनको लागि चाहीने सम्पूर्ण उच्च गुणस्तरीय शिक्षा उपलब्ध हुने डा अधिकारीको धारणा छ ।

उनी भन्छन्, ‘विदेशमै जन्मेका बालबालिकाहरू लाई त नेपाली रहनसहन बारे त्यति धरै अवगत हुने कुरा भएन । त्यसमाथि नेपालमै जन्मिएर पछि आफ्ना अभिभावकहरू सँगै विदेश गएका बच्चाहरूमा पनि यस्ता समस्या देखिएकै छ । जसको एउटै कारण हो, शिक्षा । अझ भनौँ, नेपाली संस्कार र पाठ्यक्रम अनुसारको शिक्षा । आफ्ना सन्तानलाई चाहेको शिक्षा दिन सक्ने हो भने आफू अनुकूल बनाउन सहज पक्कै बनाउँछ ।’ यी सबै कुरामा सहमत भएर नै आफू सहितको संयुक्त टिमले नेपालीकै लगानीमा विद्यालय स्थापना गरिएको डा अधिकारी बताउँछन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया