Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

टोकियो – नेपाली चलचित्र ‘कार्साङ’ जापानको राजधानी टोकियोमा जनवरी २७ तारिखका दिन प्रदर्शन हुने भएको छ । शेर्पा समुदायको मौलिक कथा र संस्कृतिलाई पर्दामा जीवन्त रूपमा उतारिएको चलचित्रको ‘ओम शान्ति ओम कम्पनी’ले जापान प्रदर्शन अधिकार लिएर टोकियोमा प्रदर्शन गर्न लागेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कम्पनीका निर्देशक ईश्वर श्रेष्ठकाअनुसार चलचित्र यही जनवरी २७ तारिख सोमबारका दिन टोकियो जेरो हलमा साँझ ६ बजे विशेष प्रदर्शन हुनेछ । शेर्पा समुदायको जीवनशैली, संस्कार र संघर्षलाई यथार्थपरक ढंगले प्रस्तुत गर्दै ‘कार्साङ’ले अभाव र दुःखकाबीच संस्कारलाई जोगाउन गरिएको संघर्षको कथा बोलेको छ ।

यम शेर्पाको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु र जितु नेपालजस्ता चर्चित कलाकारहरूको अभिनय छ । चलचित्र ‘यार्सा फिल्म्स’ र ‘पुरुषोत्तम प्रधान फिल्मस्’को प्रस्तुति हो, जसका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह निर्माताको भूमिकामा गोविन्द बोहरा रहेका छन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया