Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

काठमाडौं – संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकलाई प्रतिबन्ध लगाउने एउटा कानुन कार्यान्वयनमा आउनुअघि सो सञ्जाल ‘अफलाइन’ भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकी प्रयोगकर्ताहरूलाई सम्प्रेषण गरिएको सन्देशमा टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै ‘अब तपाईँहरूले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने जानकारी गराइएको थियो । ‘हामी भाग्यशाली छौँ कि राष्ट्रपति ट्रम्पले आफूले सत्ता सम्हालेपछि टिकटक पुनर्बहाली गर्न समाधान खोज्न तयार रहेको सङ्केत दिनुभएको छ,’ त्यसमा भनिएको छ ।

यसअघि उक्त सञ्जालले बाइडन प्रशासनले प्रतिबन्ध कार्यान्वयन हुने आश्वस्त नगरे आइतबारबाट सेवा बन्द हुने चेतावनी दिएको थियो । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यसअघि आफूले टिकटकलाई ९० दिन प्रतिबन्धबाट उन्मुक्ति दिने बताएका थिए । प्रयोगकर्ताहरूले अमेरिकामा गुगलको एप स्टोरमा टिकटक देखा नपरेको र टिकटक डटकममा भिडिओ पनि देखा नपरिरहेको जनाएका छन् ।

यसअघि उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतवारबाट अमेरिकामा आफ्नो सेवा नचल्ने बनाउन बाध्य हुने बताएको थियो । शुक्रवार ढिलोगरी जारी गरेको एक विज्ञप्तिमा टिकटकले व्हाइटहाउस र अमेरिकी न्याय मन्त्रालयले “टिकटक उपलब्ध गराउनका लागि एकीकृत गरिएका सेवा प्रदायकहरूलाई आवश्यक ढङ्गले स्पष्ट पार्न र आश्वासन दिन असफल भएको” आरोप लगाएको थियो ।

उसले सरकारले टिकटकमाथि तत्काल लाग्न सक्ने प्रतिबन्ध उल्लङ्घन गर्नेलाई कारबाही हुँदैन भन्ने आश्वासन नदिए ‘ज्यानुअरी १९ बाट आफूले सेवा अवरुद्ध गर्न बाध्य हुने’ उल्लेख गरेको थियो । शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकी सर्वोच्च अदालतले आफ्नो आदेशमा उक्त चिनियाँ भिडिओ शेअरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतवारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो । बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया