Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गरेको आरोपमा मुम्बई प्रहरीले मोहम्मद सरीफुल अस्लाम असजादलाई पक्राउ गरी सार्वजनिक गरेको छ। उनी “विजोय दास” नामबाट मुम्बईमा बस्दै आएको बताइएको छ।

उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार असजाद अवैध रूपमा भारत प्रवेश गरेका थिए र विगत चार महिनादेखि मुम्बईको ठाणे क्षेत्रमा हाउसकिपिङ कम्पनीमा कार्यरत थिए। प्रहरीले उनको पासपोर्ट वा परिचयपत्र केही पनि फेला नपारेकोले उनी बंगलादेशी नागरिक भएको आशंका गरेको छ।

प्रहरी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार १६ जनवरीको राति २ बजे चोरी गर्ने उद्देश्यले सैफ अली खानको घर प्रवेश गरेका असजादले आक्रमण गरेका थिए। घटनापछि सैफलाई अस्पताल भर्ना गरी शल्यक्रिया गरिएको थियो भने उनी अहिले डिस्चार्ज भएका छन्। प्रहरीले असजादको साथबाट फेला परेका कागजातका आधारमा राहदानी दुरुपयोगलगायत अन्य मुद्दामा समेत मुद्दा दायर गर्ने तयारी गरेको जनाएको छ। अभियुक्तलाई अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया