Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – करिब १२ घण्टासम्म सेवा बन्द गरेपछि टिकटकले अमेरिकामा पुनः आफ्नो सेवा सुरु गरेको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो। टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेको छ। कम्पनीले भनेको छ, “तपाईंको धैर्यका लागि धन्यवाद। राष्ट्रपति ट्रम्पको प्रयासका कारण टिकटक फेरी अमेरिकामा उपलब्ध भएको छ।”

यसअघि, शनिबार रातिदेखि टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो। एपलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल तथा गुगल प्ले स्टोरबाट पनि टिकटक हटाइएको थियो। चिनियाँ कम्पनी बाइटडान्सको अन्य एप लेमन८ र क्यापकट पनि हटाइएको थियो ।

तर, सोमबारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि टिकटकले तुरुन्तै अमेरिकामा आफ्नो सेवा पुनः सञ्चालनमा ल्याएको हो। अमेरिकामा टिकटकका झन्डै १७ करोड प्रयोगकर्ता रहेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया