Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – सशस्त्र प्रहरीको २४ औँ स्थापना दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका कारण गृहमन्त्री रमेश लेखकले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका छन्। सो समारोह हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजिना गरिएको थियो। कार्यक्रममा गृहमन्त्री लेखकले जवान र हवल्दारहरूलाई १६ वर्षको सेवा अवधिमा अवकाश पाउने व्यवस्था गर्न कानुन निर्माण प्रक्रियामा रहेको जानकारी दिए।

उनले भने, ‘जवान र अधिकृतहरूको आवाज समेटेर विधेयक निर्माण गरेका छौँ ।’ मन्त्रिपरिषद्बाट स्वीकृत विधेयकमा जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाश दिने व्यवस्था राखिएको लेखकले बताए । उनले भने, ‘१६ वर्षमा अवकाशमा जान पाउने व्यवस्था राखेका छौँ ।’ सो ऐन छिट्टै संसद्मा दर्ता गरेर पारित गरिने लेखकले बताएका छन् । उनले भने,‘केही दिनमै विधेयकको रूपमा संसद्मा दर्ता गर्दैछौँ ।’

विपद् व्यवस्थापन सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै लेखकले सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी फायर फाइटिङ स्कुल निर्माणको प्रस्ताव गरिएको बताएका छन् । उनले भने, ‘आगलागीको नियन्त्रणका लागी फायर फाइटिङ स्कुल निर्माण गर्ने प्रस्ताव अघि बढाएका छौँ ।’ त्यस्तै, कानुनी दायरामा रहेर कर्तव्य पालना गर्दा सरकार सधैँ सशस्त्र प्रहरीका कर्मचारीहरूको साथमा रहने लेखकले बताए ।

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया