Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

जीवन भोगाईको क्रममा आईपर्ने अनेकौ बाधा, अड्चन, गल्छेडा र उकाला-भिरालाहरुको सामनाबाट मानिस थप परिपक्क र परिष्कृत हुँदै जाने हो । तिथिमितिले अब अङ्ग्रेजी वर्ष २०२४ लाई छिट्टै विदाई गर्न गईरहेका छौं । हुन त हामीले यस्ता थुप्रै मौजुदा वर्षहरुलाई विदाई गर्दै नयाँ वर्षको स्वागतमा रमाउन थालेको धेरै नै भईसकेको छ । आफ्नो उमेरमा फेरि अर्को १ वर्ष थपिएको र आयु १ वर्ष छोटिएको तथ्यलाई बिर्सेर हामी हरेक पटक फेरिदैं आएका वर्षलाई नयाँ भन्दै स्वागत गर्दै आईरहेका छौं । भित्तामा झुण्डिएको पुरानो क्यालेण्डरको सट्टा फेरिएको नयाँ क्यालेण्डर हेरेर आफु नयाँ समयमा पदार्पण भएकोमा खुशी मनाउँछौं । तर आफु पनि समयसंगै परिवर्तन हुनुपर्दछ भन्नेमा भने हामी पटक्कै गम्भीर छैनौ । वास्तवमा फेरिनुपर्ने त स्वयम आफै हो । हामी समाज परिवर्तनको कोकोहोलो मच्चाएर कहिलै थाक्दैनौ त्यो भन्दा पहिले त आफुमा परिवर्तन ल्याउनुपर्ने हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वर्षौदेखि एउटै बाटो हिडिरहेका छौं तर गन्तब्य भेट्न सकिरहेका छैनौ भने बाटो परिवर्तन गरौं, वर्षौदेखि उहि काम उहि तरिकाबाट गर्दै आईरहेका छौं तर अपेक्षित परिणाम हासिल गर्न सकिरहेका छैनौ भने कार्यशैलीमा खोट छ, कार्यशैली परिवर्तन गरौ । वर्षौदेखि एउटै सोंच पालेर बसिरहेका छौं तर त्यसबाट कुनै प्रभावकारी उपलब्धि छैन भने सोंच परिवर्तन गरौं, यसैगरी बर्षौदेखि आफुले गर्दै आईरहेको कामबाट सन्तुष्ट हुन सकिएको छैन भने विकल्पमा जाने हिम्मत गरौं । हामीले आफुलाई अघिल्लो वर्षभन्दा थप फुलेको, फलेको र फैलिएको देख्न चाहान्छौं भने आफुमा भएका कमी-कमजोरी र असफलताबाट पाठ सिक्दै हरेक नयाँ वर्षमा नयाँ र अग्रगमनकारी निर्णय गर्ने च्यालेञ्ज गरौं । जीवनलाई थप धारिलो, खँदिलो र ब्यवस्थित बनाउन यथास्थितिबाट संभव नहुने निश्कर्षमा पुगेकै हो भने विकल्पमा जाने हिम्मत गरौं । त्यसैले बिदा लिंदै गरेको वर्ष आफ्नो लागि समग्रमा कस्तो रह्यो निर्मम समीक्षा गरी नयाँ वर्षा नयाँ जोश, जाँगर र पूरै ऊर्जा सहित नयाँ प्राथमिकताको पहिचान गरौं ।

देश-दुनियाँ परिवर्तनशील छ । सूचना र प्रविधिको सुविधाले मानिसहरु यान्त्रिक भईसके । मानवीय आत्मीयतामा आजको मानव समाजको खासै रुची छैन । मानव नियन्त्रित मेशिन हैन, मेशिन नियन्त्रित मानव भईसकेको अवस्था छ । एक्काइसौ शताब्दीको पहिलो पच्चिस वर्षगांठ पनि भएकोले हरेक हिसाबले अबको वर्ष निकै महत्वपूर्ण हुनेमा दुई मत छैन । एक पछि अर्को नयाँ नयाँ आबिष्कार र उपलब्ध स्रोत साधनका कारण मानिसहरु झन झन सुबिधाभोगी बन्दै गईरहेका छन् । मात्र ३० सेकेण्डमा विश्वको घटना-परिघटना बारे अपडेट हुन चाहने नयाँ पुस्ता बिस्तारै अक्षर यात्राबाट विमुख हुँदै जान थालेको छ ।

विश्वका शक्तिराष्ट्रहरुमा नयाँ नयाँ नेतृत्वको उदय भएका छन् । केहि वर्षदेखि बल्झिदैं आएको शक्तिराष्ट्रहरुबीचको टकरावले अझै किनारा पाएको छैन । जसका कारण विश्व समुदाय ध्रुबिकृत भईरहेको र कुनै पनि बेला स्थिति विकराल बन्न सक्ने संभावना टरेको छैन । हामी बसेको मुलुक जापान आफैमा शान्तिको पक्षधर मुलुक भएता पनि संवेदनशील भूगोलमा अवस्थित भएकोले यसका छिमेकी राष्ट्रहरु पनि संवेदनशील मानिन्छन् । भूकम्प, सुनामी, ज्वालामुखी जस्ता प्राकृतिक प्रकोपका दृष्टिले पनि संवेदनशील मानिने जापानमा रहँदै गर्दा हामी जुनसुकै बेला ठूला संकटको सामना गर्नुपर्ने हुन सक्छ, त्यसैले तत्सम्बन्धि आधिकारिक जानकारी नियमित लिईरहने बानी गरौं । आफु बसेको एरियाको नजिकको आपतकालिन सुरक्षितस्थलको पहिचान गरौं । आफ्ना छिमेकीसंगको सम्बन्ध असल बनाउने र खासगरी जापानी समुदायसंग घुलमिल हुने बानीको बिकास गरौं । हाम्रा कारण उनीहरुलाई बाधा पुग्ने कुनै पनि गतिविधि नगरौं ।

जापानको नेपाली समुदाय संख्यात्मक हिसाबले जति ठूलो हुँदै छ, त्यसरी नै ब्यवस्थित हुन पनि आवश्यक छ । जापानबारे पर्याप्त जानकारी बिना नेपालीहरु जापान आउने क्रम बढ्दो छ, कालान्तरमा विकराल समस्याको विषय हुन सक्ने संकेतहरु सतहमा देखिन थालेका छन् । हामी विदेशीका लागि जापानमा सबैभन्दा महत्वपूर्ण भनेको यहाँको जापानी भाषा हो । यसबारे सम्बन्धित सबैको ध्यान जान जरुरी छ । नयाँ वर्षमा नयाँ संकल्प र ऊर्जासहित थप नयाँ उपलब्धि हासिल गर्ने अपेक्षा गरौं । सबैलाई शुभकामना ।

तपाईको प्रतिक्रिया