Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौँ – फिल्म ‘एक्टरः टेक वन’ को ट्रेलर राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक भएको छ। यो ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र द्वन्द्वको कथा प्रस्तुत गर्न खोजेको छ। ट्रेलरमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालाको विशेष झलक देख्न सकिन्छ। प्रदीप खड्का एक महत्वाकांक्षी पात्रको भूमिकामा छन्। जसले आफ्नो लक्ष्य हासिल गर्न अनेक चुनौतीहरूसँग लड्नुपर्छ। राजबल्लभ कोइराला भने ग्रे क्यारेक्टरमा छन् । जसले कथामा षड्यन्त्र र द्वन्द्वको माहोल सिर्जना गर्छन्।

यो फिल्म राजन भुसालको निर्देशनमा निर्माण भएको हो र माघ १६ गतेबाट प्रदर्शनमा आउनेछ। निश्चल बस्नेतको भूमिकालाई ट्रेलरले गोप्य राख्दै कथामा रहस्य थपेको छ। मुख्य कलाकारहरूमा राजबल्लभ, प्रदीप, आना, र दिव्याका साथै दिव्य देव, उषा रजक, सुशील सिटौला पनि समावेश छन्। दस वर्षपछि पर्दामा फर्किएका राजबल्लभ र दिलीप रायमाझीकी छोरी दिव्याले डेब्यू गरेको हुनाले पनि चलचित्र प्रेमीहरु यो फिल्मको रिलिजको पर्खाइ मा छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया