Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खान चक्कु आक्रमणमा घाइते भए पनि अहिले खतरामुक्त रहेका छन्। बुधबार राति वान्द्रास्थित आफ्नै घरमा आएको चोरसँग भएको मुठभेडमा सैफ घाइते भएका थिए। उनलाई राति २ बजे मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार, एक अज्ञात व्यक्ति सैफको घरमा पसेर नोकरानीसँग विवाद गरेको थियो। सैफले स्थिति शान्त पार्न खोज्दा ती व्यक्तिले उनैमाथि आक्रमण गरेका थिए। आक्रमणबाट सैफको ढाड, हात र घाँटीमा गम्भीर चोट लागेको छ। सर्जरीका क्रममा करिब तीन इन्च लामो धारिलो वस्तुको टुक्रा निकालिएको छ भने प्लास्टिक सर्जरी गरेर बाँकी चोटहरूको उपचार गरिएको छ।

घटनापछि प्रहरी र स्क्वायड डगहरू सैफको अपार्टमेन्टमा खटिएका छन्। प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ। अभिनेता सैफकी पत्नी करिना कपूरका अनुसार, घटनाका बेला घरमा उनीहरूसहित परिवारका अन्य सदस्य सुरक्षित थिए। करिनाले सैफको स्वास्थ्य स्थिर रहेको र शीघ्र निको हुने विश्वास व्यक्त गरेकी छन्। यो घटनाका कारण सैफका फिल्महरूको सुटिङ हालका लागि रोकिएको छ। सैफ र उनको परिवार अहिले वान्द्रास्थित आलिशान अपार्टमेन्टमा बसोबास गर्दैछन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया