Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

टोकियो – जापानको एक मुख्य यातायात केन्द्र, नागानो स्टेशन नजिक तीन जनामाथि छुरा प्रहार भएको छ । बुधबार साँझ बस पर्खिरहेका उनीहरुमाथि अपरिचित व्यक्तिले छुरा प्रहार गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

घटनामा परेका एक ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने छुरा हान्ने व्यक्ति फरार छन् । प्रहरीलाई साँझ करिब ८ बजे जेआर नागानो स्टेशनमा भएको घटनाबारे जानकारी गराइएको थियो । ३५ वर्षीय एक पुरुषको पछाडिबाट छुरा प्रहार भएको र उनको अवस्था गम्भीर देखिएको छ । एक महिलालाई आक्रमणपछि लड्दा चोटपटक लागेको अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारीसँग छुरा भएको अनुमान गरिएको छ । आक्रमणकारी दुब्लो शरीर, करिब १६५ देखि १७५ सेन्टिमिटर अग्लो र ४० वर्षजतिका देखिएका छन् भन्ने प्रत्यक्षदर्शीहरूको भनाइ छ । आक्रमणकारी स्टेशनबाट दक्षिणतिर भागेको अनुमान गरिएको छ । घटना स्टेशन अगाडिको बस टर्मिनल र रेस्टुरेन्टहरू भएको क्षेत्रमा भएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया