रविसहित पाँच जनालाई अदालत उपस्थित गराइयो
रास्वपा सभापति रवि लामिछानेसहित पाँच जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । थुनछेक बहस अगाडि बढाउन न्यायाधीश नितिज राईको इजलासमा पेशी तोकिएको छ ।
ओली सरकारप्रति चौतर्फी असन्तुष्टि
गत असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेससँग...
शक्ति समूहकी संस्थापक ‘टिप हिरो’ दनुवारको निधन
मानव बेचबिखनविरुद्धको अभियानमा समर्पित सामाजिक अगुवा सुनिता दनुवारको न...