रवि लामिछाने निलम्बित, संसद् सचिवालयले निकाल्यो सूचना
संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरेका हुन् । लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले संघीय संसद सचिवालयमा पत्र पठाएको थियो । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्यमन्त्री पौडेलको पहल
समाचार सुन्नुहोस : काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्...
रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल
समाचार सुन्नुहोस : काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...