Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
ओखलढुङ्गा- ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं २ स्थित सिंहदेवी हुलाचौर मतदान केन्द्रमा रहेका नेपाली कांग्रेसका बुथ एजेण्ट देवानन्द वाग्लेलाई नेकपा एमालेका कार्यकर्ता  राजेन्द्र खड्काको नेतृत्वमा रहेको एक समूहले विहान अपहरण गरेको छ ।
एमाले कार्यकर्ता खड्का नेतृत्वको समूहले विहान ७ बजे मतदान केन्द्रबाटै अपहरण गरी लगेका सो क्षेत्रका उपसभापति समेत रहेका बुथ एजेण्ट वाग्लेलाई ४ घण्टापछि विहान ११ बजे सुरक्षाकर्मीको प्रयासमा अपहरणमुक्त गरिएको ओखलढुङ्गा २ का नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार रामहरि खतिवडाले जानकारी दिनुभयो ।
बुथ एजेण्टलाई छोडिदिएपनि एमाले कार्यकर्ताहरुले अन्य दलका कार्यकर्ताहरुलाई मतदान केन्द्रमा छिर्न नदिएर एकलौटीरुपमा मतदान गरिरहेको कांग्रेस उम्मेदवार खतिवडाले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया