Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गरिएको अमेरिका भ्रमणका क्रममा राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ। अर्थ मन्त्रालयका अनुसार, संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्रीसहित उच्चस्तरीय टोलीले उक्त रकम खर्च गरेको हो।

गत असोज ४ देखि १४ सम्म ३० सदस्यीय प्रतिनिधिमण्डल अमेरिका भ्रमणमा थियो। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित महासभामा भाग लिन प्रधानमन्त्री ओली नेपाली टोलीको नेतृत्व गर्दै असोज ४ मा प्रस्थान गरेका थिए र असोज १४ मा स्वदेश फर्किएका थिए।

अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइअनुसार, विदेश भ्रमणका लागि परराष्ट्र मन्त्रालयमा नियमित रूपमा पर्याप्त बजेट नछुट्याइएकाले यो भ्रमणमा थप बजेट निकासा गर्नुपरेको हो। महासभा सहभागी टोलीको खर्च व्यवस्थापन गर्न यो प्रक्रिया अपनाइएको मन्त्रालयले जनाएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया