Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
म्याग्दी – दोस्रो संविधानसभाको निर्वाचनमा म्याग्दीमा करिब ७० प्रतिशत मत खसेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रबाट ७० प्रतिशतभन्दा बढी मत खसेको जानकारी आएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।
व्यवस्थित सुरक्षाको कारण मतदाताहरूले भयरहित वातावरणमा निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गरेको पौडेलको भनाइ छ । जिल्लामा सामान्य घटनाबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दीमा ५६ हजार ५५३ जना मतदाता रहेका छन् भने यो चुनावमा १३ दलीय र दुई स्वतन्त्र गरी १५ उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् ।  ***
तपाईको प्रतिक्रिया