Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष शुक्रबारदेखि सञ्चालन गरिएको छ । दसैँमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले कक्ष सञ्चालनमा ल्याइएको हो ।

बल्खुमा आयोजित आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ट्राफिकको समस्या न्यूनीकरण गर्न सबैको सहयोगको खाँचो औँल्याउनुभयो । उहाँले यो कक्ष सञ्चालन भएपछि यातायात क्षेत्रका बिचौलियाको अन्त्य हुने र सेवाप्रदायक तथा उपभोक्ता दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा योे कक्ष सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै बल्खु, कलङ्की र नयाँ बसपार्कबाट सेवा सुरु भएको बताउनुभयो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष विजयबहादुर स्वाँर, नेशनल अटोमोबाइल डिलर एसोसिएसन अफ नेपालका सचिव कृष्णप्रसाद दुलाल, व्यवसायी रत्नकुमार श्रेष्ठ, रामकृष्ण कुँवर र स्थानीय समाजसेवी मोहनकुमार बस्नेतले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक, व्यवसायीको सहकार्य र समन्वयको जरुरी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया