Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाउँदै जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ । उक्त प्रकरणमा उनकी पत्नी निकिता पौडेललाई समेत प्रतिवादी बनाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माका अनुसार रविमाथि २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । तर, निकिता पौडेलविरुद्ध लगाइएको आरोपका सम्बन्धमा भने विस्तृत जानकारी दिइएको छैन । यस मुद्दामा निकितासहित पाँच जनालाई जफत प्रयोजन का लागि प्रतिवादी बनाइएको हो ।

यस अन्तर्गत, कसुरमा संलग्न नभएको व्यक्तिको खातामा अपराधबाट आर्जित सम्पत्ति देखिएमा त्यसलाई जफत गर्ने प्रचलन रहेको बताइएको छ । प्रतिवादी बनाइएका अन्य व्यक्तिहरूमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं, र गीता पछाईं समावेश छन् । उनीहरूका साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको पुष्टि भएमा, अभियोगमा मागदाबी गरिएको सम्पत्ति जफत गरिने छ । तर, उनीहरूलाई अन्य कुनै दण्डसजाय भने लाग्ने छैन ।

शर्माका अनुसार आइतबार दायर गरिएको मुद्दामा ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरू पनि समावेश छन् । पाँच जनालाई भने विशेषतः सम्पत्ति जफतको लागि मात्र मुद्दा चलाइएको हो । यो प्रकरणमा कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको उनले जानकारी दिइन् ।

सम्पत्ति शुद्धीकरणको यो मामिलामा रवि लामिछाने, उनकी पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा बन्जाडे, छोरा रोचक जोशी, लिला पछाईंकी आमा राधा पछाईं, तथा दिदी गीता पछाईंको सम्पत्ति जफत गर्न माग गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया