Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अष्ट्रेलियाको भिक्टोरिया राज्यमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। आगलागी नियन्त्रण गर्न सकस भएपछि सरकारले हजारौँ स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न आदेश दिएको छ। झन्डै ५ सय व्यक्तिको उद्धार गरिएको छ। मेलबर्नबाट करिब २४१ किलोमिटर पश्चिममा रहेको ग्राम्पियन्स नेशनल पार्क र त्यस वरपर फैलिएको डढेलोले ३४ हजार हेक्टर क्षेत्र जलेको छ।

आपतकालीन सेवा एजेन्सीका अनुसार, जङ्गलमा पर्याप्त कच्चा इन्धन उपलब्ध भएकाले आगो निभाउन थप कठिनाइ भइरहेको छ।गएको मङ्गलवार परेको चट्याङपछि सुरु भएको यो आगलागी हिजो शनिबारसम्म नियन्त्रणमा आउन सकेको छैन। घटनास्थलमा सयभन्दा बढी ट्याङ्कर र २५ वटा विमान परिचालन गरिएको भएपनि आगो नियन्त्रणमा लिन नसकेको रोयटर्सले जनाएको छ।

अष्ट्रेलियाली अधिकारीहरूले यो गर्मीको मौसममा जङ्गली डढेलोको जोखिम उच्च रहेको चेतावनी दिएका छन्। यसप्रकारका घटनाबाट सुरक्षित रहन सबैलाई सचेत रहन आग्रह गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया