Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई बधाई दिँदै सम्मान गरेका छन्। आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटको स्तर उकास्न महत्वपूर्ण योगदान पु-याएको भन्दै जनकपुर बोल्ट्सका क्याप्टेन, खेलाडी, नेपाल क्रिकेट संघ र व्यवस्थापकहरूको प्रशंसा गरे।

जनकपुर बोल्ट्सले शनिबार कीर्तिपुर क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो। प्रधानमन्त्रीले आगामी दिनमा थप सफलताको कामना गर्दै आत्मबल र उत्साहलाई कायम राख्न आग्रह गरे। “तपाईंहरूको जितले नेपाली क्रिकेटको उज्ज्वल भविष्य देखाएको छ,” प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले आफूले पदबहाली गरेका प्रारम्भिक दिनमा कीर्तिपुर क्रिकेट मैदानको स्तर उन्नतिका लागि निर्णय गरेको र खेल क्षेत्रको विकासका लागि सरकारी प्रयास निरन्तर रहने प्रतिबद्धता दोहोर्याए। साथै, सरकारले विदेशी खेलाडी तथा लगानी भित्र्याउन देखिएका झञ्झट हटाउन आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए। जनकपुर बोल्ट्सका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्रीबाट प्राप्त बधाई र सम्मानले आफ्नो टोलीलाई अझ उत्साहित बनाएको बताए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया