Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
म्याग्दीका विभिन्न गाविसमा नेकपा–माओवादी समर्थित कार्यकर्ताले समेत मतदान गरेका छन । बैद्य माओवादी प्रभावित क्षेत्र मानिएको ज्यामरुककोट, विम, रुम, बरंजा, झिं लगायतका क्षेत्रमा विहान देखिनै मतदान गरिरहेका छन् । पर्यबेक्षण टोली ज्यामरुककोटको हंसबाहिनी निमाविमा पुग्दा बैद्य सर्मथित कार्यकर्ताले समेत धमाधम मत हालिरहेका थिए ।
यसैगरी म्याग्दीको रुम गाविस–७ स्थितको पात्ले गाउँबाट मतदाता भोट हाल्न आएनन् । अमरज्योती डाँडाँगाउँ मतदान केन्द्रको कुल ८ सय ६२ मध्य ३ सय ८५ मत खसेको  त्यहाँबाट कृष्ण सापकोटाले जानकारी दिनुभयो । स्थानियका अनुसार पात्लेक्षेत्रमा बैद्य माओवादीले मतदातालाई मतदानमा सहभागिता नहुन चेतावनी दिएपछि मतदाता त्रसित अवस्थामा छन् । रुममा दुईवटा मतदान केन्द्र रहेको छ । ***
तपाईको प्रतिक्रिया