जापान समाचार

  • जापानलाई सार्वजनिक ऋण कम गर्न मुद्रा कोष प्रमुखको सुझाव

    टोकियो- अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिन लेगार्डले ग्रिस र इटालीमा राजनीतिक अस्थिरता हटाउन भएको महत्वपूर्ण प्रगतिको शनिबार स्वागत गर्नुभएको छ भने यसले विश्वका बजारमा राम्रै खबर प्रवाह गरेको छ । टोकियोमा एक पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखले युरोपको परिस्थिति अझै बिगि्रएमा एसियाले व्यापार तथा वित्तीय प्रभाव भोग्नुपर्ने बताउनुभयो । ग्रिस तथा इटाली दुबैले आफ्नो राजनीतिक सङ्कट समाधान गर्ने प्रयास गर्दा यस अन्तर्राष्ट्रिय कोषका प्रमुख जापानको भ्रमण हुनुहुन्छ र यस...
  • नागोयामा फ़ूटबल प्रतियोगिताको तयारी पुरा

    टोकियो - नेपाली बिद्यार्थी समाज जापान (नेसाज ) र गैह्र आवासीय नेपाली संघ, जापान बीच आगामी १३ तारिख आइतबार सम्पन्न हुन गैरहेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जानकारी गराएको छ | नागोयाको खासुगाई स्थित च्युबू बिश्वबिद्यालयको खेल मैदानमा दिउसो १२ बजे बाट शुरु हुने औपचारिक कार्यक्रमको समापन लगत्तै ठिक १ बजेबाट खेलको शुरुवात हुने एनआरएन जापानका कार्यक्रम संयोजक पारसमणि पोखरेलले जानकारी दिनुभएको छ | रातो जर्सीको साथमा खेलमैदानमा उत्रन लागेका एनआरएनका खेलाडीहरु...
  • सिटी एक्सप्रेसद्वारा भाग्यशाली उपहार हस्तान्तरण

    टोकियो- जापानबाट नेपाल पैसा पठाउने कार्य शुरु गरेको पहिलो मनी ट्रान्स्फर कंपनी सिटी एक्स्प्रेसले गत बिजया दशमी तथा शुभ दिपावलीको उपलक्षमा बजारमा ल्याएको उपहार योजनाका बिजेतालाई हालै उपहार बापतको नगद रकम हस्तान्तरण गरेको छ । म्याग्दी अर्थुङे गाबिस वार्ड नं २ का बालकुमार भन्ने डेक बहादुर बानियांले सो उपहार हात पार्नु भएको थियो । उहां हाल टोकियोको नाकानो स्थित दिपज्योती नेपाली-इण्डियन रेष्टुरेन्टमा कार्यरत हुनुहुन्छ । ८ नोभेम्बरका दिन टोकियो स्थित समुद्रपारी डट कम तथा नेपाली समाचारको कार्यालयमा भएक...
  • जापानमा जन्मेका शिशुको अनलाइनबाटै न्वारन

    टोकियो (जापान)– ब्राम्हण नेपालको झापा विर्तामोडमा, शिशु र उनका बुबाआमा जापानको टोकियोस्थित सरकारी आवास क्षेत्र दान्चीमा । यति टाढाको भौगोलिक दूरी चिर्दै केही दिनअघि एक नवजात शिशुको हिन्दु संस्कारअनुसार न्वारन सम्भव भएको छ । अनलाइन स्काइप भिडियो कलको मान्यमबाट मन्त्रोच्चारण गरी नेपाली दम्पतीबाट जन्मेका बालिको न्वारन गरिएको हो । जापान सरकारको छात्रबृत्तमा टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एन्ड टेक्नोलोजीमा भेटेरिनरी साइन्समा पिएचडी गरिरहेका सुर्खेत धुलियाबिटका प्रमोद ढकाल र सरकारी छात्रवृत्तिमै ग...
  • अनेसास जापानको सातौं अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन

    टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको सातौं अधिवेशन आइतबार टोकियोमा सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको सातौं अधिवेशनले अध्यक्षमा प्रकाश पौडेल ‘माइला’ लाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । त्यसैगरी नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्करजंग थापा, महासचिवमा देवीबहादुर इङनाम, सचिवमा धिषण निरौला, सहसचिवमा शशि बिक, कोषाध्यक्षमा यसोदा वस्नेत थापा चयन हुनुभएको छ । सदस्यहरुमा सन्देश पोखरेल, छक्कु उदासी, भिष्म सुबेदी, कृष्ण के. श्रेष्ठ ‘काल्र्स’, राजेन...
  • टेप्कोले ११ अर्ब सरकारी सहयोग पाउने

    टोकियो - सरकारले व्यावसायिक योजना स्वीकृत गरेपछि ऋणमुक्ति योजनाअन्तर्गत टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले ९ सय अर्ब येन अर्थात् ११ अर्ब ५० करोड अमेरिकी डलर प्राप्त गर्ने भएको छ । मार्च ११ को भूकम्प र सुनामीपछि विस्फोट भएको फुकुसिमा दाइइची आणविक भट्टी टेप्कोले सञ्चालन गर्दै आएको थियो । यो कोष टेप्कोका लागि सरकारी ऋणमुक्ति योजनाको एक अंशका रूपमा रहेको छ । यो कम्पनीले ६२७ अर्ब येनभन्दा बढी घाटा बेहोरेको जानकारी गराइएको छ । परमाणु भट्टी विस्फोट भएपछि चुहिएको विकिरणबाट प्रभावितहरूलाई कम्पन...
  • एउटा हवाईटिकटको ३४ हजार डलर

    टोकियो – बिश्वकै प्रसिद्ध हवाइजहाज निर्माता बोइङले हालै मात्र बजारमा ल्याएको बोइङ ७८७ ड्रिमलाइनर बिमानको पहिलो उडान नारिता बाट हङकङको लागि उडेको थियो । जसको एउटा टिकट लीलाम बढाबढमा साधारण मुल्य भन्दा १३ गुणा बढी ३४ हजार डलरमा बिक्री भएको थाहा लागेको छ । अत्याधुनिक र कम इन्धन लाग्ने भनिएको उक्त बिमान मार्फत अल निप्पोन एयरलाइन्स (ANA) ले पहिलो उडान भरेको थियो र सो उडान नारिता-हङकङको रहेको थियो । हवाइ उध्योगको क्षेत्रमा नयाँ आयाम थप्ने आशा गरिएको ड्रिमलाइनरको पहिलो उडानमा २५२ जना यात्रुहरुले यात्रा...
  • जापानको बेरोजगारी ४.१ प्रतिशतमा झर्‍यो

    टोकियो – गत सेप्टेम्बर महिनामा गरिएको एक सर्बेक्षणअनुसार जापानको बेरोजगारी दर ४ दशमलब १ प्रतिशतमा झरेको छ । उक्त प्रतिशत अगस्त महिनामा ४ दशमलब ३ प्रतिशत रहेको थियो । गत मार्च महिनाको महाभूकम्प तथा सुनामीबाट अत्यधिक प्रभाबित क्षेत्रमा उक्त सर्बेक्षण गरिएको थियो । उक्त क्षेत्रहरुमा मासिकरुपमा गरिएको सर्बेक्षणमा यस पटक सबैभन्दा कम बेरोजगारी भेटिएको हो । महाभूकम्प अघिको महिना फेब्रुअरीमा जापानको बेरोजगारी दर ४ दशमलब ६ प्रतिशत थियो । जापानको आन्तरिक मामिला मन्त्रालयकाअनुसार सेप्टेम्बर महिनामा पुरुष ब...
  • जापान मनि एक्सप्रेस (JME) दोश्रो वर्षमा प्रवेश, सेवा शुल्कमा भारी छूट

    टोकियो - स्वदेशीको लगानीमा १ बर्ष अघि शुरु गरिएको जापानबाट नेपाल पैसा पठाउने पहिलो रेमिट्यान्स कम्पनी जापान मनि एक्सप्रेस (JME) ले आफ्नो स्थापनाको दोश्रो वाषिर्कोत्सवको उपलक्ष्यमा आकर्षक उपहार योजनाहरुका साथै सेवा शुल्कमा भारी छूट गर्ने घोषणा गरेको छ । जेएमईले १ पटक पैसा पठाउँदा हालसम्म लाग्ने गरेको २ हजार येन सेवा शुल्कमा हेरफेर गरी पहिलोचोटी पठाउने ग्राहकलाई १ हजार येन, दोश्रो पटकदेखि सबैलाई १५ सय येन र १० पटकसम्म पैसा पठाई सकेकाहरुका लागि ११ औं पटकको सेवा शुल्क निःशुल्क गर्ने घोषणा गरेको छ...
  • साहित्यिक शृंखला र सातौं अधिबेशनसहित टोकियोमा देवकोटा जयन्ती मनाईदैं

    टोकियो - अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले केही बर्षदेखि नियमित सञ्चालन गर्दै आइरहेको साहित्यिक शृंखला र १०२ औं देवकोटा जयन्ती कार्यक्रम आउंदो ६ तारिख आइतबार टोकियोको सिनओकुबोमा हुने भएको छ । सोही दिन समाजको अधिवेशनसमेत सम्पन्न गरी नयां कार्यसमितिको चयन गरिने भएको छ । हाल दिनेशराज ज्ञवालीको अध्यक्षतामा रहेको छैंठौं कार्यसमितिले २ बर्षे कार्यकाल सम्पन्न गरिसकेको छ । अनेसास जापानले प्रत्येक ३-३ महिनामा साहित्यिक शृंखला कार्यक्रम गर्दै आइरहेको छ र यो १६ औं शृंखला हो । कार्यक...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित