मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो–हत्या गरेको दोषी पाइएपछि जापानमा दुई कैदी बन्दीलाई बुधबार मृत्युदण्डको सजाय दिइएको छ ।

न्याय मन्त्रालयले दिएको जानकारी अनुसार ४४ वर्षिय तेरुहिको सिकी र ६९ वर्षिय कियोशी मात्सुहीलाई हत्या गरेको पाइएपछि मृत्यदण्ड दिईएको जापान टुडेको समाचारमा उल्लेख गरिएको छ ।

चिवाकेनमा ३४ मान येन चोर्नका लागि सन् १९९२ मा ४२ वर्षिय कर्पोरेट कार्यकारी, उनकी श्रीमति चार वर्षिय छोरी र ८३ वर्षिय आमालाई हत्या गरेको दोषी पाइएपछि सेकीलाई फासीको सजाय दिइएको न्याय मन्त्रालयले जनाएको छ ।

त्यस्तै गुम्माकेनमा सन् १९९४ मा पूर्व पलक्बर र आफ्नै १९ वर्षिय प्रेमिकाको हत्यामा दोषी पाइएपछि ६९ वर्षिय मात्सुहीलाई फासीको सजाय दिइएको बताइएको छ ।

सेकी र मात्सुहीलाई फासीका लागि पुर्नविचार गर्न अन्तर्राष्ट्रिय मानवअधिकार समूहले न्याय मन्त्रालयलाई अनुरोध गरे पनि जापान सरकारले त्यसलाई वेवास्ता गरेको थियो ।
जापानमा २० वर्ष भन्दा कम उमेरकाहरुलाई बालबालिकाको रुपमा लिने हुनाले उनीहरुको हत्यालाई गम्भीर प्रकृतिको हत्याका रुपमा लिने गरिन्छ ।

सिन्जो आबे सन् २०१२ मा प्रधानमन्त्री भए यता २१ जनालाई फासीको सजाय दिइसकिएको छ । ***

तपाईको प्रतिक्रिया