आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – जिल्ला प्रहरी कार्यालय इलामका एसपी वासुदेव खतिवडा व्यक्तिगत आचरणको आधारमा कारण कारबाहीमा परेको खुलेको छ ।

उनलाई जिल्ला इन्चार्जबाट हटाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इलामकै कार्यरत एक महिलासँगको सम्बन्धका विषयमा उजुरी परेपछि उनलाई हटाइएको हो ।

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)मा कार्यरत एक कर्मचारीको श्रीमतीसँग उनको सम्बन्ध देखिएपछि ती कर्मचारीले उजुरी गरेका थिए । सोही आधारमा खतिवडालाई हटाइएको हो ।

एसपी खतिवडा अत्याधिक मदिरा पिउने अधिकृतका रुपमा पनि बदनाम छन् । इलाममा एसपी प्रभु ढकाललाई पठाइएको छ ।

तपाईको प्रतिक्रिया