Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको भर्जिनिया राज्यको चर्चित हर्न्डन सहरका लागि नेपाली मूलका प्रदीप ढकालले नगर प्रमुख(मेयर)को उम्मेदवारी घोषणा गरेका छन् । शनिबार उनले स्थानीय, राज्य तथा सङ्घीय जनप्रतिनिधि, नेपाली समुदाय ,विभिन्न पेसा तथा संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यस अगाडि हर्न्डन सहरमै ढकालले तीन पटक नगर परिषद् सदस्य (काउन्सिल मेम्बर) रूपमा काम गरिसकेका छन् । उनले हर्न्डन सहरलाई नयाँ ढङ्गले नेतृत्व गरेर आधुनिक युग अनुसारको प्रविधि ,रोजगारी, व्यवसाय, रोजगारी, सहकार्य र सहभागिताको आधारमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।

 

तपाईको प्रतिक्रिया