Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारको संसद् बैठकमा आफूलाई सुरुमा र अन्तिममा पनि बोल्न नदिइएको जनाएको छ । सभामुख देवराज घिमिरे र सत्तारूढ दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई मात्र बोल्न दिने तर प्रतिपक्षलाई सुरुमा र अन्तिममा पनि बोल्न नदिने अडान लिएको उसको आरोप छ ।

“हामीले सुरुमा पनि आफ्ना कुरा राखेर गृहमन्त्रीलाई समय दिन्छौँ र अन्तिममा पनि उहाँले बोलेको विषयमा हाम्रो कुरा राख्छौँ भनेका थियौँ । तर, सभामुखले हामीलाई समय उपलब्ध गराउनु भएन,” कांग्रेसका सहमहामन्त्री जीवन परियारले भने, “उहाँ (रवि लामिछाने) बोल्न पाउनु भएन भन्ने गुनासो थियो । उहाँ बोल्नुभयो, सकियो ।”

उनले कांग्रेसले उठाएका विषय नछोड्ने र निष्कर्षमा पुर्‍याउने पनि बताए । प्रतिपक्षलाई बोल्न नदिएको विषय पनि संसद्को रेकर्डमा रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया