आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । गए राति स्वदेश फर्किएका बिहान बालुवाटार पुगेर अध्यक्ष यादवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामायीक विषमयमा छलफल भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका यादव पार्टी विभाजनपछि सरकारमा सहभागी हुने या नहुनेबारे परामर्शमा छन् । त्यसमा प्रधानमन्त्रीले कुनै पनि दल फुट्नु राम्रो नहुने बताएका छन् । उनले फुट्नु राम्रो नभएको भन्दै मिलेर जान आग्रह गरेको बताइन्छ ।

यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ । १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन् । अध्यक्ष यादवले पार्टी कार्यालय बालकुमारीमा सदीय दलको बैठक बोलाएका छन् ।

तपाईको प्रतिक्रिया