आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – पर्यटकलाई तानेर जबर्जस्ती होटलमा लगेको आरोपमा पोखराबाट प्रहरीले पाँचजना युवकलाई पक्राउ गरेको छ। सोमबार पोखरा महानगरपालिका-६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

पोखरा महानगरपालिका-६ डिहिकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे चोकका २५ वर्षीय सुशान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी वसन्त कुमार शर्माले जानकारी दिए ।

उनीहरूले लेकसाईड र हल्लन चोक क्षेत्रमा नेपाली तथा विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गर्दै अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गरेको आरोप छ ।

तपाईको प्रतिक्रिया