बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – आउँदो नयाँ वर्षको अवसरमा आँपचौर सेवा समिति जापानको पाँचौ अधिवेशन हुने भएको छ ।

गुल्मी जिल्ला मुसिकोट नगरपालिकाको आँपचौर क्षेत्रबाट जापान आई विभिन्न पेशा, ब्यवसाय तथा रोजगारीमा संलग्न आँपचौरबासीहरुको साझा संस्था आँपचौर सेवा समितिको पाँचौ अधिवेशन नयाँ वर्षको पहिलो दिन अर्थात २०१८ जनवरी १ तारिखका दिन टोकियोमा हुने सो समाजका अध्यक्ष महेन्द्र अधिकारीले समुद्रपारिलाई बताउनुभयो ।

नयाँ बर्षको शुभकामना आदानप्रदानसहित हुने अधिवेशन समारोहमा उपस्थित भईदिन सो समाजका महासचिव बलदेव केसीले जापानमा रहेका समस्त आँपचौरबासीहरुलाई अपील गर्नुभएको छ ।

अधिवेशन टोकियो सिम्बासीस्थित ग्रयाण्ड दार्जिलिङ रेष्टुरेन्टमा अपरान्ह ४ बजेदेखि हुने सो समाजले जनाएको छ । ***

तपाईको प्रतिक्रिया