Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्।

शुक्रबार निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक सवारी साधन पनि निर्वाध सञ्चालन गर्न दिने निर्णय गरेको जनाएको छ। आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको छ। यसअघिका निर्वाचनमा भने अत्यावश्यक सेवा र पास जारी भएका सवारी मात्रै निर्वाचन हुने दिन सञ्चालन गर्न दिइन्थयो।

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया